गोर्ख रोकाया सोमबार, मंसिर २९, २०७७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले जिल्ला सदरमुकाम सिमकोटमा र्‍याली निकालेका छन् । र्याली जिल्ला सदरमुकाम सिमकोटमा रहेको नेपाली काँग्रेसको पाटी कार्यालयबाट र्‍याली निकालिएको थियो  ।

र्याली काली चोक धुपी चौतारा, रानीवन लोकतान्त्रीक चोक, हुदै मानसरोवर बहुमुखी क्याम्पसमा कोण सभामा परिणत भएको थियो ।  दिनको १२ वजे निकालिएको विरोध र्यालीमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पुर्व पर्यटन मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीको प्रमुख आतिथ्य र नेपाली काँग्रेस जिल्ला सभापति जयपति रोकायाको अध्यक्षतामा संचालन भएको थियो ।

सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको र चिनले हुम्ला जिल्लाको नाम्खा गाउँ पालिकाको वडा नं ६ को ललुङजुङ,किट सहित हिल्सा क्षेत्रमा समेत चिनले सिमा मिचेको तर सरकारले नमिचेको भनि दावी गरिरहेकोमा आपती  नेपालीका नेता   जिवनबहादुर शाहीले गरेका थिए । अहिले देशमा कमसिनखोरी घुसखोरी वढेको भन्दै खार्पुनाथ गाउँ पालिकाका अध्यक्ष कर्णबहादुर रावलले आफ्नो भनाइ यसरी राखेका थिए ।  देश कोरोना भाइरस कोभिण्ड १९ले पिल्सि रहेकावेला सरकार आफ्नो पाटीको विवाद जुटाउनेकी फुटाउनेमा नै व्यस्त देखिएको वताउदै नेपाली काँग्रेस जिल्ला सभापति जयपति रोकायाले बताएका थिए ।

कोरोनाको यो महामारीको अवस्थामा औषधी खरिदको नाममा घुसखोरी भष्टचार वढेको, भष्टचारले प्रकाष्ट नाघ्दा समेत सरकार मौन रहेक, हत्या बलात्कार जस्ता घटना दिन प्रतिदिन वढी रहेको बताउदै पुर्व संघिय संसद रिता शाहीले बताएकी थिइन । विकासका नाउँमा सरकारले आफ्ना कार्यकर्ता भरणपोषण गर्ने काम मात्रै गरेको जनताको लागी कुनै विकासका कामहरु नगरेको वताउदै सिमकोट गाउँ पालिकाका अध्यक्ष पदमबहादुर लामाले बताएका थिए ।

काँग्रेस हुम्लाले आफ्नो शक्ति आज जिल्ला सदरमुकाम सिमकोटमा प्रर्दशन गरेको थियो । उक्त विरोद्ध प्रर्दनमा नेपाली काँग्रेसका हजारौ कार्यकर्ताको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९