हुम्ला
चार दिन देखि सुत्केरी ब्यथाले छटपटाई रहेका महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेको खवर जिल्लामा आएपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उनको उद्धार गरिएको हो ।
सर्केगार्ड गाउँपालिका वडा नम्बर ७ को कार्कीबाडाकी ३३ वर्षकी जमूना कार्कीलाई सुत्केरी ब्यथा लागेको चार दिनपछि हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले बताएकी छन ।
केश निकै जटिल अबस्थामा पुगेको र जिल्ला बाहिर रिफर गर्नु पर्ने भएपछि केन्द्रसंगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उनको उद्धार गरिएको अनमी बोहराले बताएकी हुन । हेलिकोप्टरबाट उद्धार भएप्छि उनको ज्यान वचेको छ । ब्यथा लागेको जानकारी शनिबार प्राप्त भएपनि केन्द्रसंग समन्वय गर्न नपाईए पछि आईतबार मात्र नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार कार्य भएको हो