राज शाही सोमबार, मंसिर २२, २०७७ मा प्रकाशित

हुम्लामाको ग्रामिण क्षेत्रमा शिक्षामा छोरीलाई विभेद गरिंदै आएको छ । कानुनले शिक्षामा समान हकको व्यवस्था गरेको भएपनि अविभावकको गलत सोंचाई र बुझाईले छोरीहरु शिक्षाको हकबाट बञ्चित भईरहेका छन् ।  उनी विद्यालयबाट फर्केपछि घर सफा गर्न भाँडा माझ्ने र कपडा धुने लगायतका घरयासी काममा आमालाई सघाउछन् । यसले उनीको पढाइमा असर पारेको छ ।

छोरीले काम नसिके दुःख पाईले अभिभावकको सोंचले पढाईमा बाधा परेको उनको बुझाई छ । कक्षा ८ मा अध्ययनरत छात्रा बिमलाले विद्यालय पछिको समय घरको काममा दिनुपर्छ । उनले आमासँगै घाँसदाउरा समेत जान्छीन् । तर दाजुभाईले खेलेर दिन बिताउँछन् । १४ वर्षका विमलाले खाना पकाउन, घर सफा गर्न, घाँस काट्न सबै काम सिकि रहेकी छन ।

घरको काममा छोराभन्दा छोरी बढी व्यस्त देखिन्छन् । छोरी पराई घर जाने हो भन्दै काममा लगाउनाले उनीहरुको पढाईमा असर परेको छ । एक जना शिक्षक का अनुसार  घरकै काममा ब्यस्त रहने छात्रा प्राय विद्यालयमा कम हाजिर हुने बताउँछन् । तथ्याङ्क अनुसार माथिल्लो कक्षामा पुग्दा छात्रभन्दा दुई प्रतिशत बढी छात्राले विद्यालय छोडेको देखिन्छ । घरको कामको बोझ पनि विद्यालय छोड्नुको एउटा कारण रहेको शिक्षकहरु बताउँछन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९