राज शाही सोमबार, मंसिर २२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लामाको ग्रामिण क्षेत्रमा शिक्षामा छोरीलाई विभेद गरिंदै आएको छ । कानुनले शिक्षामा समान हकको व्यवस्था गरेको भएपनि अविभावकको गलत सोंचाई र बुझाईले छोरीहरु शिक्षाको हकबाट बञ्चित भईरहेका छन् ।  उनी विद्यालयबाट फर्केपछि घर सफा गर्न भाँडा माझ्ने र कपडा धुने लगायतका घरयासी काममा आमालाई सघाउछन् । यसले उनीको पढाइमा असर पारेको छ ।

छोरीले काम नसिके दुःख पाईले अभिभावकको सोंचले पढाईमा बाधा परेको उनको बुझाई छ । कक्षा ८ मा अध्ययनरत छात्रा बिमलाले विद्यालय पछिको समय घरको काममा दिनुपर्छ । उनले आमासँगै घाँसदाउरा समेत जान्छीन् । तर दाजुभाईले खेलेर दिन बिताउँछन् । १४ वर्षका विमलाले खाना पकाउन, घर सफा गर्न, घाँस काट्न सबै काम सिकि रहेकी छन ।

घरको काममा छोराभन्दा छोरी बढी व्यस्त देखिन्छन् । छोरी पराई घर जाने हो भन्दै काममा लगाउनाले उनीहरुको पढाईमा असर परेको छ । एक जना शिक्षक का अनुसार  घरकै काममा ब्यस्त रहने छात्रा प्राय विद्यालयमा कम हाजिर हुने बताउँछन् । तथ्याङ्क अनुसार माथिल्लो कक्षामा पुग्दा छात्रभन्दा दुई प्रतिशत बढी छात्राले विद्यालय छोडेको देखिन्छ । घरको कामको बोझ पनि विद्यालय छोड्नुको एउटा कारण रहेको शिक्षकहरु बताउँछन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९