राज शाही सोमबार, मंसिर २२, २०७७ मा प्रकाशित

हुम्ला

आइतबार हुम्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिमकोट बिमानस्थल सुरक्षाका लागि खटिएका एक जना महिला प्रहरीलाई मंसिर १८ गते कोरोना पुष्टि भएपछि बिमानस्थल सुरक्षामा खटिएका अन्य १२ जना सुरक्षाकर्मीको १९ गते स्वाब संकलन गरी पीसिआर परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।

उनीहरु १२ जनामध्ये ११ जनाको कोरोना पोजेटिभ र १ जनाको मात्र नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको हो ।

योसँगै हुम्लामा कोरोना संक्रमितको कुल संख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ११ रहेको छ ।

कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका बिद्यालहरु पुनः बन्द गरिएको छ ।

स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्यौलता छाएको सिमकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका अनुसार अहिलेसम्म ६७ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । आइतबार संक्रमण पुष्टि भएका ११ जना सिमकोट बिमानस्थलमा रहेको सुरक्षा गार्ड क्वाटरमा होमआइसोलेसनमा बसेका जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहोराले बताइन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९