राज शाही शुक्रबार, मंसिर १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको छ । गत वर्ष ०७६ साउन २१ मा १३ वर्षीया बालिकालाई लुगा धुन गएको वेला पाँचजनाले सामूहिक बलात्कार  गरेको आरोप छ ।  तीनजनालाई प्रहरी घटनालगत्तै पक्राउ गरे पनि दुईजना फरार थिए ।

फरार दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको  प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताएका छन् । पक्राउ पर्नेमा सर्केगार्ड गाउँपालिका– ६ का १८ वर्षका सन्देश बुढाथोकी र सोही गाउँका मानदेव बुढाथोकी रहेका छन् ।  फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे पक्राउ गरेको हो ।

घटनालगत्तै पक्राउ परेका दुईजना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एकजना नाबालक भएकोले बालसुधार गृह हिरमुनिया बाँकेमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  सुक्रबार सम्म उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याउने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९