राज शाही शुक्रबार, मंसिर १९, २०७७ मा प्रकाशित

हुम्ला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको छ । गत वर्ष ०७६ साउन २१ मा १३ वर्षीया बालिकालाई लुगा धुन गएको वेला पाँचजनाले सामूहिक बलात्कार  गरेको आरोप छ ।  तीनजनालाई प्रहरी घटनालगत्तै पक्राउ गरे पनि दुईजना फरार थिए ।

फरार दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको  प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताएका छन् । पक्राउ पर्नेमा सर्केगार्ड गाउँपालिका– ६ का १८ वर्षका सन्देश बुढाथोकी र सोही गाउँका मानदेव बुढाथोकी रहेका छन् ।  फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे पक्राउ गरेको हो ।

घटनालगत्तै पक्राउ परेका दुईजना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एकजना नाबालक भएकोले बालसुधार गृह हिरमुनिया बाँकेमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  सुक्रबार सम्म उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याउने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९