राज शाही मंगलबार, मंसिर १६, २०७७ मा प्रकाशित

पर्यटन मन्त्री योगेश भट्टराईले आफु छापामार शैलीमा हुम्ला पुगेको बताए छन् । पुर्ब कार्यक्रम बिनै अकस्मात मंगलवार हुम्लाको सदरमुकाम सिमकोट पुगेका मन्त्री भट्टराईले आफु हुम्ला आउनुको रहस्य खोल्दै सो कुरा बताएका हुन । खासमा बाँकेको नेपालगंज स्थित राँझा एयरपोर्टमा जहाज राख्ने ह्याङ्गरको सिलान्यास गर्न जाने कार्यक्रम भएपनि नेकपाको सहयात्री दल पुर्ब माओवादीको भाषा छापामार शब्द सापटी लिएर आफु हुम्ला सदरमुकाम सिमकोट कुनै योजना बिना पुगेकोले छापामार शैली अपनाएको बताए । हुम्लाबासीसंग मन्त्री भट्टराईले सो कुरा राख्दा हाँसो उठेको थियो ।

भिआईपी जाने कार्यक्रम पुर्ब तयारी हुने भएपनि आफुने कुनै योजना बिना सिमकोट बिमान स्थलको कालो पत्रे, घेरवार र एप्रोन निर्माणको कार्य अनुगमन गर्ने छोटो समयमा तयारी भएपनि हुम्ला आएको उनले बताए । अर्को कोरोना कहरले गर्दा मानिस धेरै जम्मा हुने कार्यक्रम गर्न नहुने भएको कारण पनि कसैलाई थाहा नदिएको मन्त्री भट्टराईले बताए । आफु कोरोना मुक्त भएको कारण आफुवाट कुनै डर नमान्न तर  कोरोनाबाट बच्न सावधानी भने अपनाउन हुम्लावासीलाई आग्रह गरे । मन्त्री भट्टराई दुई घण्टा हुम्लामा बसेका थिए । मन्त्री भट्टराईसंग नागरिक उड्डयान प्राधिकरणका महानिर्देशकको सरकारी टोली पनि अनुगमनमा सहभागी रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९