राज शाही बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

हुम्ला
लामो समय बन्दाबन्दीले ब्यबसाय सञ्चालन गर्न नपाएपछि हुम्लाका ब्यापारी तथा ब्यबसायीहरुले बैंक ब्याज मिनाहको ब्यबस्था गर्न माग गरेका छन् । करिब दुइृ महिनासम्म आम्दानी हुन नपाएपछि यो अबधिका लागि बैंकको ऋणको ब्याज मिनाहाको ब्यबस्था गर्न सरकारसंग ब्यापारीहरुले माग गरेका हुन । हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले अधिकाँस ब्यापारी तथा ब्यबसायीले बैंकहरुबाट ऋण लिएर ब्यबसाय सञ्चालन गर्दै आएको कारण यो बन्दाबन्दीको अबधिभर सो ब्याज मिनाहा गर्न सरकारसंग माग गरेका हुन । धेरै ब्यबसायीहरु ब्याज तिर्न पनि नसक्ने भएको कारण संघले यस्तो माग गर्नु परेको जनाएको हो । धेरै ब्यापारी, ब्यबसायी, निर्माण ब्यबसायीले बैकंको ऋणबाट कारोवार गर्दे आएको जनाउदै संघका अध्यक्ष तामाङले केही निश्चित अबधिका लागि ब्याज मिनाहाको माग लिखित रुपमा प्रदेश सरकारलाई पेश गरिएको बताए । उनले यो ब्यबसायीहरुको रहर नभएर बाध्याता समेत भएको बताएका छन । हुम्लामा स्थापना भएको राणिज्य, सिटिजन्स र साँग्रीला बैकंबाट ब्यासायीहरुले ऋण लिदै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९