राज शाही बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
लामो समय बन्दाबन्दीले ब्यबसाय सञ्चालन गर्न नपाएपछि हुम्लाका ब्यापारी तथा ब्यबसायीहरुले बैंक ब्याज मिनाहको ब्यबस्था गर्न माग गरेका छन् । करिब दुइृ महिनासम्म आम्दानी हुन नपाएपछि यो अबधिका लागि बैंकको ऋणको ब्याज मिनाहाको ब्यबस्था गर्न सरकारसंग ब्यापारीहरुले माग गरेका हुन । हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले अधिकाँस ब्यापारी तथा ब्यबसायीले बैंकहरुबाट ऋण लिएर ब्यबसाय सञ्चालन गर्दै आएको कारण यो बन्दाबन्दीको अबधिभर सो ब्याज मिनाहा गर्न सरकारसंग माग गरेका हुन । धेरै ब्यबसायीहरु ब्याज तिर्न पनि नसक्ने भएको कारण संघले यस्तो माग गर्नु परेको जनाएको हो । धेरै ब्यापारी, ब्यबसायी, निर्माण ब्यबसायीले बैकंको ऋणबाट कारोवार गर्दे आएको जनाउदै संघका अध्यक्ष तामाङले केही निश्चित अबधिका लागि ब्याज मिनाहाको माग लिखित रुपमा प्रदेश सरकारलाई पेश गरिएको बताए । उनले यो ब्यबसायीहरुको रहर नभएर बाध्याता समेत भएको बताएका छन । हुम्लामा स्थापना भएको राणिज्य, सिटिजन्स र साँग्रीला बैकंबाट ब्यासायीहरुले ऋण लिदै आएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९