राज शाही शनिबार, मंसिर १३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

बिशुद्ध रुपमा समाज सेवा गर्ने उदेश्यले गठन भएको योगदान राष्ट्रका लागि फाउण्डेशनको शाखा गठन भएको छ । उक्त फाउण्डेशनको २१ सदस्यीय जिल्ला कार्य समितिको संयोजकमा उजिर बोहरा चयन भएका छन् ।

फाउण्डेशनका शाखा गठन संगै उसले मुख्य गरि नागरिकको स्वास्थ्य सेवामा योगदान, प्राथमिक उपचार, सरसफाई, जनचेतनामुलक तालिम र सेवा प्रदायक कार्यक्रम सञ्चालन गरिने संयोजक बोहराले बताए । बृहत रुपमा हुम्लावासीको सेवामा सर्मपित भएर यसले काम गर्ने बोहोराले बताए । कुनै नाफामुखी लक्ष नदिएको फाउण्डेशनले दैवी प्रकोकमा सहजिकरण गर्न स्वयमसेवकको भुमिका निर्बाह गर्नेछ । शनिवार हुम्लामा एक कार्यक्रम सञ्चालन गरेर शाखा स्थापना तथा कार्य समिति चयन गरिएको थियो ।

आगजनि, बाढी पहिरो, आकस्मिक दुर्घटनाबाट बच्ने उपायबाट तालिमको पनि ब्यबस्था गर्ने छ । बिरामीहरुका लागि गुणस्तरीय र अतिरिक्त सुबिधा सम्पन्न एम्बुलेन्स सेवा पनि सञ्चालन गर्ने भएको छ । त्यसै गरि फाउण्डेशनले जिल्ला र राष्ट्रलाई  आई पर्ने महामारी, भवितव्य आपतकालीन समस्याहरुसंग जुद्ध्न सक्ने प्रशिक्षक पनि तयार गरिने बोहराले बताए । यसरी स्वयम सेवाका हिसावले जिल्लामा पहिलो पटक संस्था दर्ता हुन लागेको हो । नौ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । फाउण्डेशनमा सदस्यहरु भने बृद्धि गर्दै लगिने छ ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९