राज शाही शनिबार, मंसिर १३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

बिशुद्ध रुपमा समाज सेवा गर्ने उदेश्यले गठन भएको योगदान राष्ट्रका लागि फाउण्डेशनको शाखा गठन भएको छ । उक्त फाउण्डेशनको २१ सदस्यीय जिल्ला कार्य समितिको संयोजकमा उजिर बोहरा चयन भएका छन् ।

फाउण्डेशनका शाखा गठन संगै उसले मुख्य गरि नागरिकको स्वास्थ्य सेवामा योगदान, प्राथमिक उपचार, सरसफाई, जनचेतनामुलक तालिम र सेवा प्रदायक कार्यक्रम सञ्चालन गरिने संयोजक बोहराले बताए । बृहत रुपमा हुम्लावासीको सेवामा सर्मपित भएर यसले काम गर्ने बोहोराले बताए । कुनै नाफामुखी लक्ष नदिएको फाउण्डेशनले दैवी प्रकोकमा सहजिकरण गर्न स्वयमसेवकको भुमिका निर्बाह गर्नेछ । शनिवार हुम्लामा एक कार्यक्रम सञ्चालन गरेर शाखा स्थापना तथा कार्य समिति चयन गरिएको थियो ।

आगजनि, बाढी पहिरो, आकस्मिक दुर्घटनाबाट बच्ने उपायबाट तालिमको पनि ब्यबस्था गर्ने छ । बिरामीहरुका लागि गुणस्तरीय र अतिरिक्त सुबिधा सम्पन्न एम्बुलेन्स सेवा पनि सञ्चालन गर्ने भएको छ । त्यसै गरि फाउण्डेशनले जिल्ला र राष्ट्रलाई  आई पर्ने महामारी, भवितव्य आपतकालीन समस्याहरुसंग जुद्ध्न सक्ने प्रशिक्षक पनि तयार गरिने बोहराले बताए । यसरी स्वयम सेवाका हिसावले जिल्लामा पहिलो पटक संस्था दर्ता हुन लागेको हो । नौ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । फाउण्डेशनमा सदस्यहरु भने बृद्धि गर्दै लगिने छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९