राज शाही सोमबार, मंसिर ०८, २०७७ मा प्रकाशित

हुम्ला जिल्लाका सामुदायीक तथा राष्ट्रिय बनबाट संकलन भएको तीस करोड मुल्य भन्दाको बढी जडिबुटी निकासी हुने तयारीमा रहेको छ । संकलन पुर्जीबाट संकलन भएको उक्त जडिबुटी अब छुटपुर्जीको पर्खाइमा रहेको हो ।

जडिबुटी ब्यबसायी संघका अध्यक्ष राम बहादुर भण्डारीले तीन हजार आठ सय क्वीन्टल जटामासी संकलन भएर सिमकोट बिमान स्थलमा आई पुगेको बताए । एक क्वीन्टल जटामासीमा पचपन्न हजार मुल्य पर्ने गर्छ । यस हिसावले हुम्लाबाट जटामासी मात्र बीस करोड नब्बे लाख मुल्यको जिल्लावाट निकासीको तयारीमा रहेको छ । जब कि गत वर्ष दुई हजार क्वीन्टल जटामासी मात्र निकासी भएको थियो ।

त्यो संगै डिभिजन बन कार्यालयका प्रमुख निरज झालका अनुसार ५ सय क्वीन्टल कुट्की र ५ सय क्वीन्टल सेताक चिनी पनि निकासीको तयारीमा रहेका बताए ।

सबै जडिबुटी गरि जिल्लाबाट तीस करोड मुल्यको जडिबुटी निकासी हुने तयारीमा रहेको जडिबुटी ब्यापारीले बताउदै आएका छन्भ । एक जना व्यापारीले ५ सय क्वीन्टलसम्म जडिबुटी खरिद गरेर निकासी गर्ने तयारी गरि रहेका छन् । ब्यापारीका अनुसार हुम्ला जिल्लाबाट सबै भन्दा बढी जडिबुटी यसवर्ष निकासी हुने तयारीमा रहेको छ । हुम्लामा आम्दानीको मुख्य श्रोत जडिबुटीबाट स्थानीयको कमाईमा पनि बृद्धि भएको छ । बनबाट संकलन भएर आएको जडिबुटी सिमकोट बिमान स्थलमा जताततै राखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९