राज शाही सोमबार, मंसिर ०८, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाका सामुदायीक तथा राष्ट्रिय बनबाट संकलन भएको तीस करोड मुल्य भन्दाको बढी जडिबुटी निकासी हुने तयारीमा रहेको छ । संकलन पुर्जीबाट संकलन भएको उक्त जडिबुटी अब छुटपुर्जीको पर्खाइमा रहेको हो ।

जडिबुटी ब्यबसायी संघका अध्यक्ष राम बहादुर भण्डारीले तीन हजार आठ सय क्वीन्टल जटामासी संकलन भएर सिमकोट बिमान स्थलमा आई पुगेको बताए । एक क्वीन्टल जटामासीमा पचपन्न हजार मुल्य पर्ने गर्छ । यस हिसावले हुम्लाबाट जटामासी मात्र बीस करोड नब्बे लाख मुल्यको जिल्लावाट निकासीको तयारीमा रहेको छ । जब कि गत वर्ष दुई हजार क्वीन्टल जटामासी मात्र निकासी भएको थियो ।

त्यो संगै डिभिजन बन कार्यालयका प्रमुख निरज झालका अनुसार ५ सय क्वीन्टल कुट्की र ५ सय क्वीन्टल सेताक चिनी पनि निकासीको तयारीमा रहेका बताए ।

सबै जडिबुटी गरि जिल्लाबाट तीस करोड मुल्यको जडिबुटी निकासी हुने तयारीमा रहेको जडिबुटी ब्यापारीले बताउदै आएका छन्भ । एक जना व्यापारीले ५ सय क्वीन्टलसम्म जडिबुटी खरिद गरेर निकासी गर्ने तयारी गरि रहेका छन् । ब्यापारीका अनुसार हुम्ला जिल्लाबाट सबै भन्दा बढी जडिबुटी यसवर्ष निकासी हुने तयारीमा रहेको छ । हुम्लामा आम्दानीको मुख्य श्रोत जडिबुटीबाट स्थानीयको कमाईमा पनि बृद्धि भएको छ । बनबाट संकलन भएर आएको जडिबुटी सिमकोट बिमान स्थलमा जताततै राखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९