राज शाही बिहिबार, मंसिर ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

३६ हजार बरावरको अवैध मदिरा नष्ट गरिएको छ । उक्त मदिरा ताँजाकोट गाउँ पालिकामा नष्ट गरिएको हो । यो कोरोना महामारीका विच पनि व्यापारीले जिल्लाका विभिन्न नाकाबाट अवैध किसिमले भित्र्याएको मधिरा सुरक्षाकर्मीले नियन्त्रणमा लिई  विहिवार नष्ट गरिएको हो ।
ताँजाकोट गाउँ पालिका छप्रेलाको वुढा पसलबाट ३ काटुन चाइनिज रक्सी बुधवार राती बरामत गरी विहिवार जनप्रतिनिधि राजनैतिक दल नागरीक समाज सरोकारवाला निकायको रोहवरमा ताँजाकोट प्रहरी चौकीले नष्ट गरेको स्थानियवासी कृष्णबहादुर मल्लले बताएका छन् ।
मल्लका अनुसार हाल चाइनिज मदिरा १ बोतलको १ हजारमा ताँजाकोट गाउँ पालिकामा विक्रि हुने गरेको र यसरी हेर्दा ३ काटुनमा ३६ बोतल रहेको १ बोतलको १ हजारका दर ३६ हजार बराबरको मदिरा नष्ट गरीएको मल्लले बताएका छन् ।
उक्त मदिरा हुम्लाकै चाला गाउँ हुदै सैन नाकाबाट भित्रीयको हुन सक्ने मल्लले आसंका व्यक्त गरेका छन् । हाल ताँजाकोट गाउँ पालिका लगाएत जिल्लाका स्थानिय वजारमा प्रसस्त मात्रमा अवैध चाइनिज मधिरा रहेको र सोही मदिराबाट गाउँ घरमा झै झगडा समेत हुने गरेको खवर प्राप्त भएको छ । सो मदिराले गाउँ घरमा महिला हिंसा घरेलु हिम्सा समेत हुने गरेकाले सरोकारवाला निकायले यसको समयमै नियन्त्रण गर्नु आवश्यक देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९