राज शाही शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित

नेपाल प्रहरीका एक जना सुरक्षाकर्मीले रगत दान गर्दा एक जना महिलाको ज्यान वचेको छ । सिमकोट गाउँ पालिका वडा नं ८ की ४१ वर्षिया सुना वुढा रगत वढी वगी सिकिस्त भए पछी जिल्ला अस्पताल पुर्याइएको सिनिएर अनमी सरिता बोहोराले जानकारी गराएकी छन् ।

वुढाले गर्भपतनको औषधी जिल्लामा संचालित मेडिकलबाट खरिद गरी खाँदा अन्ति स्टेजमा जिल्ला अस्पतालमा उपचार गर्न पुगेको सिनिएर अनमी बोहोराले बताएकी छन् । चिकित्सको सल्लाह विना नै जथाभावी वजारमा पाइएको गर्भपतनको औषधी खाँदा रगत वगेर सिकिस्त भएकी हुन ।

निजको रगत वगी मर्न र बाँच्नको दोसाँधमा पुगे पछि आज नेपाल प्रहरीका राजेन्द्र रानाले रकगत दान गरे पछि उनको अवस्था अहिले सुधार उन्मुख भएको सिनियर अनमी बोहोराले बताएकी छन् । निज विरामी अहिले जिल्ला अस्पताल हुम्लामै उपचार भइरहेको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९