राज शाही बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

हुम्ला

हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई सरकारले सरुवा गरेको छ । नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीको लाप्चा क्षेत्रमा पर्ने लोलुङजोङमा नेपाली भुमिमाथि चीनले भौतिक संरचना निर्माण गरेको सर्व प्रथम स्थलगत अवलोकन पछि प्रतिबेदन दिएकै कारण उनको सरुवा गरिएको हो ।जिल्लाबाट सरुवा भई रमाना बुझेर बिदाई गरि जिल्ला छोड्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए । उनको कर्मचारी मिलन केन्द्रले एक कार्यक्रम गरेर बिहीवार बिदाई गरेको थियो ।

लोलुङजोङमा नेपाली भुमिमाथि चीनले भौतिक संरचना निर्माण गरेको प्रतिबेदन गृहमन्त्रालयमा बुझाएपछि उनी बिबादमा पर्दै आएका थिए । तत्कालै सरकारले त्यसवारेमा बुझन जिल्ला सुरक्षा समितिको नेतृत्व गरेर प्रमुख जिल्ला अधिकारीलाई खटाएको थियो ।

उक्त टोली सदरमुकाम सिमकोट फिर्ता नहुदै चीनले लोलुङजोङमा  भौतिक संरचना निर्माण आफ्नै भुमिमा रहेको जनाएको भोली पल्टै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले चीनले आफ्नै जमिनमा भौतिक संरचना बनाएको बताएका थिए । त्यतिखेर उनलाई गृहमन्त्रालयले स्पष्टिकरण पनि सोधेको थियो ।

सरकारी दवदवाका बिच स्थलगत रुपमा स्थानीय बासिन्दाको भनाईलाई बिस्वास मानेर गल्ती गरेको जवाफ उनले सरकारलाई दिएर जोगिएका थिए । अन्य कुनै कारण नभएर उक्त प्रतिबेदनलाई नै लिएर उनको सरुवा गरिएको श्रोतले बतायो । उनी जुम्ला जिल्लाको हुलाक कार्यालयमा सरुवा भएका छन् । उनी हुम्लामा एक वर्ष देखि बस्दै आएका थिए ।

 

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९