राज शाही बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल टेलिकमको सेवाबाट हुम्लाबासीले शास्ती खेप्नु परेको छ । टेलिकमको इन्टरनेट सेवा सुस्त हुनु र मोवाईल सेवामा पनि स्पष्ट रुपमा आवाज नसुनिदा हुम्लाबासीले समस्या भोग्नु परेको हो ।

कक्षा १२ मा अध्ययनरत सिमकोट गाउँपालिका वडा नम्बर ५ का ससि रावतले अनलाईन कक्षा लिन निक्कै सास्ती खेप्नु परेको बताएका छन् । दिउसो १२ बजेवाट तीन बजेसम्म उनको कलेजले अनलाईन कक्षा सुरु गरेको छ । तर टेलिकमको एडिएसएल सेवाले काम नगर्दा कक्षा छुटाउनु पर्ने अबस्था उनलाई रहेको छ । त्यसैले दैनिक फोर जिबाट प्याक लिएर कक्षामा सहभागिता जनाउनु परेको गुनासो उनले गरेका छन्  । भएको एडिएसएल सेवाले काम नगर्दा अतिरिक्त खर्च गरेर पठन पाठन गर्नु उनको बाध्यता रहेको छ । त्यो पनि गतिलो काम गर्दैन । बिहान र रातीको समय केही काम गरेपछि दिउसो र बेलुका काम नगर्दा सेवाग्राहीले शास्ती खेप्नु परि रहेको छ । यो समस्या विधार्थी र सञ्चारकर्मीका लागि मात्र नभई कार्यालयमा काम गर्ने कर्मचारीको पनि उस्तै छ ।

अझ इन्टरनेटको बढी आबश्यकता पर्ने बैंक तथा बित्तिय क्षेत्रका कार्यालयमा त झन इन्टरनेटले काम नगर्दा सेवा नै बन्द गर्नु परेको अबस्था पनि छ । त्यही भएर हुम्लामा स्थापना भएका बैंकहरुले बिकल्पमा काम गर्नका लागि दोहोरो इन्टरनेट जडान गरेका छन् ।  टेलिकमका लाईन म्यान राम बहादुर बोहरा कम क्षमता भएको  टावर भएकै कारण इन्टरनेट सेवा सुस्त भएको बताउछन् । हुम्ला टेलिकमले २८६ पोटबाट मात्र एडिएसएल सेवा प्रदान गरेको छ ।

सदरमुकाम सिमकोट कै ब्यबस्था सहज नभएपछि गाउँमा त झन टेलिफोन गर्न पनि डाँडामा जानु पर्ने अबस्था छ । सेवाग्राही पदम सिंह नेपाल टेलिकमको मोवाईल सेवामा पनि खरावी आई रहने समस्या रहेको बताएका छन। घण्टी जाने तर आवाज नसुनिने समस्या हैरानी खेप्नु सामान्य जस्तै भएको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगंजका प्राविधिक शसिम पोखरेलले  कर्णालीका बिकट स्थानमा बेला बेलामा टावरमै समस्या आएपछि यस्तो समस्या भएकोे बताएका छन् । यो समस्या दैनिक हुने गर्छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९