राज शाही सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित

हुम्ला

हुम्ला जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँ पालिका वडा नं ६ को सुनखानी प्रहरी चौकीमा कार्यरत प्रहरी फिर्ता भएको छ । जिल्लाको उच्च स्थानमा रहेको सिमा प्रहरी चौकीमा चिसो बढे पछि सदरमुकाम सिमकोट केन्द्रित भएको हो । चिसो माइनस २ डिग्रिमा झरी बस्न नसक्ने भए पछि उक्त प्रहरी चौकीमा कार्यारत प्रहरीहरु जिल्ला प्रहरी कार्यालय सिमकोट फिर्ता भएको प्रहरी निरिक्षक सिता राम विष्ठले बताएका छन् ।

हिउदे मौसममा सो बाटो भएर कोही आवत जावत नगर्ने र सुनखानी प्रहरी चौकी रहेको नाम्खा गाउँ पालिका वडा नं ६ मा झै झगडा वढी नहुने र भई हाले पनि प्रहरी समक्ष नपुगी गाउँ घर मै मेलमिलाप हुने गरेको स्थानियवासी पेम्बा तामङले बताएका छन् । उक्त वडामा तिन गाउँ जाँग हल्जी र तिल गाउँ वस्ती रहेका छन् ।

बर्षेनी सिमा सुरक्षाका लागी जिल्ला प्रहरी कार्यालय सिमकोट हुम्लाबाट जेठ महिनामा जाने सिमाको सुरक्षा गर्ने र कार्तिकमा फिर्ता हुने गरेको निरिक्षक विष्ठले बताएका छन् । २०७७ कार्तिकमा फिर्ता आएको सुरक्षाकर्मीको टोली अव २०७८ जेठमा जाने भएको छ । यो विचको अवधीमा उक्त सिमा प्रहरी चौकी रहेको स्थानमा करिव ६ फिट सम्म हिमपात समेत हुने भएकाले कसैको आवत जावत समेत हुने नगरेको र त्यहाका स्थानियवासी पनि घर भन्दा बाहिर ननिक्लिने र हिमापातले एक घरबाट अर्को घर सम्म पुग्न पनि मुस्किल हुने गरेको स्थानियवासी पेम्बा तामाङले बताएका छन् । यस्तो अवस्थामा विवाद झैझगडा  नहुने त कुरै भएन स्थानिय लामाले भने ।

प्रहरी चौकीबाट सिमा क्षेत्र टाढा भएको र सहजै जानपनि नसकिने भएको कारण गस्ती पनि धेरै हुने गरेको छैन । स्थानीय पेम्वा तामाङले लिमीमा कुनै घटना नघट्ने र घटेपनि प्रहरीकोमा नआएरै गाउँमै मिल्ने भएको कारण खासै प्रहरीको पनि काम नपर्ने  बताएका छन ।

बस्ती भन्दा एक घण्टाको दुरीमा रहेको सुनखानीमा प्रहरी आफ्नै भवनमा बस्दै आएको थियो । प्रहरी नायव निरीक्षकको नेतृत्वमा २३ जना प्रहरी दरबन्दी भएपनि सात जना प्रहरी यसपाली चौकीमा पुगेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९