राज शाही सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्ला जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँ पालिका वडा नं ६ को सुनखानी प्रहरी चौकीमा कार्यरत प्रहरी फिर्ता भएको छ । जिल्लाको उच्च स्थानमा रहेको सिमा प्रहरी चौकीमा चिसो बढे पछि सदरमुकाम सिमकोट केन्द्रित भएको हो । चिसो माइनस २ डिग्रिमा झरी बस्न नसक्ने भए पछि उक्त प्रहरी चौकीमा कार्यारत प्रहरीहरु जिल्ला प्रहरी कार्यालय सिमकोट फिर्ता भएको प्रहरी निरिक्षक सिता राम विष्ठले बताएका छन् ।

हिउदे मौसममा सो बाटो भएर कोही आवत जावत नगर्ने र सुनखानी प्रहरी चौकी रहेको नाम्खा गाउँ पालिका वडा नं ६ मा झै झगडा वढी नहुने र भई हाले पनि प्रहरी समक्ष नपुगी गाउँ घर मै मेलमिलाप हुने गरेको स्थानियवासी पेम्बा तामङले बताएका छन् । उक्त वडामा तिन गाउँ जाँग हल्जी र तिल गाउँ वस्ती रहेका छन् ।

बर्षेनी सिमा सुरक्षाका लागी जिल्ला प्रहरी कार्यालय सिमकोट हुम्लाबाट जेठ महिनामा जाने सिमाको सुरक्षा गर्ने र कार्तिकमा फिर्ता हुने गरेको निरिक्षक विष्ठले बताएका छन् । २०७७ कार्तिकमा फिर्ता आएको सुरक्षाकर्मीको टोली अव २०७८ जेठमा जाने भएको छ । यो विचको अवधीमा उक्त सिमा प्रहरी चौकी रहेको स्थानमा करिव ६ फिट सम्म हिमपात समेत हुने भएकाले कसैको आवत जावत समेत हुने नगरेको र त्यहाका स्थानियवासी पनि घर भन्दा बाहिर ननिक्लिने र हिमापातले एक घरबाट अर्को घर सम्म पुग्न पनि मुस्किल हुने गरेको स्थानियवासी पेम्बा तामाङले बताएका छन् । यस्तो अवस्थामा विवाद झैझगडा  नहुने त कुरै भएन स्थानिय लामाले भने ।

प्रहरी चौकीबाट सिमा क्षेत्र टाढा भएको र सहजै जानपनि नसकिने भएको कारण गस्ती पनि धेरै हुने गरेको छैन । स्थानीय पेम्वा तामाङले लिमीमा कुनै घटना नघट्ने र घटेपनि प्रहरीकोमा नआएरै गाउँमै मिल्ने भएको कारण खासै प्रहरीको पनि काम नपर्ने  बताएका छन ।

बस्ती भन्दा एक घण्टाको दुरीमा रहेको सुनखानीमा प्रहरी आफ्नै भवनमा बस्दै आएको थियो । प्रहरी नायव निरीक्षकको नेतृत्वमा २३ जना प्रहरी दरबन्दी भएपनि सात जना प्रहरी यसपाली चौकीमा पुगेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९