राज शाही शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिल्दुम विद्युत वितरण केन्द्र र प्रदेश सरकारबाट संचालित योजनाहरुको अनुगमन गर्न गएका कर्णाली प्रदेशका मुख्य मन्त्री घोडाबाट लडेर घाइते भएका छन् । घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टरबाट रेस्क्यु गरी सुर्खेत लगिएको छ ।

मुख्य मन्त्री शाही सहितको टोलीले हिल्दुम विद्युत वितरण केन्द्रको अनुगमन गरी प्रदेश सरकारका विकासे योजनाहरुको अनुगमन गर्न सिमकोट गाउँ पालिकाको वडा नं ३ तोर्पा लिमाटाङ वरगाउँ पुगेका मुख्य मन्त्री शाहीलाई स्थानियवासीले घोडा चढाइ स्वागत गर्न खोज्दा घोडा तर्सिय पछि मुख्य मन्त्री शाही हुटिक र लिमाटाङ्ग गाउँको विच बाटोमा घोडाबाट लडेर घाइते भएको खवर प्राप्त भएको छ ।

मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते भए पछि  तोर्पा गाउँमा सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको थियो । सिमकोट ल्याए संगै शाहीको उपचारका लागी हेलिकप्टरले  कर्णाली प्रदेशको राजधानी सुर्खेत रेस्क्यु गरिएको छ ।

मुख्य मन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसी लगायतका नेता तथा कार्यकर्ताहरु संगै सो अनुगमनमा गएका थिए ।

 

कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारी हेलिकप्टरमा मुख्यमन्त्री शाहीलाई उद्धार गरी सिमकोट फर्कि सकेका छन् । यस्तै प्रदेशका प्रवक्ता बिमला केसी गाउँमै रहेको जानकारी प्राप्त भएको छ ।

                                          

 

कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारी हेलिकप्टरमा मुख्यमन्त्री शाहीलाई उद्धार गरी सिमकोट फर्कि सकेका छन् । यस्तै प्रदेशका प्रवक्ता बिमला केसी गाउँमै रहेको जानकारी प्राप्त भएको छ ।

                                          

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९