राज शाही शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित

हुम्ला

हिल्दुम विद्युत वितरण केन्द्र र प्रदेश सरकारबाट संचालित योजनाहरुको अनुगमन गर्न गएका कर्णाली प्रदेशका मुख्य मन्त्री घोडाबाट लडेर घाइते भएका छन् । घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टरबाट रेस्क्यु गरी सुर्खेत लगिएको छ ।

मुख्य मन्त्री शाही सहितको टोलीले हिल्दुम विद्युत वितरण केन्द्रको अनुगमन गरी प्रदेश सरकारका विकासे योजनाहरुको अनुगमन गर्न सिमकोट गाउँ पालिकाको वडा नं ३ तोर्पा लिमाटाङ वरगाउँ पुगेका मुख्य मन्त्री शाहीलाई स्थानियवासीले घोडा चढाइ स्वागत गर्न खोज्दा घोडा तर्सिय पछि मुख्य मन्त्री शाही हुटिक र लिमाटाङ्ग गाउँको विच बाटोमा घोडाबाट लडेर घाइते भएको खवर प्राप्त भएको छ ।

मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते भए पछि  तोर्पा गाउँमा सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको थियो । सिमकोट ल्याए संगै शाहीको उपचारका लागी हेलिकप्टरले  कर्णाली प्रदेशको राजधानी सुर्खेत रेस्क्यु गरिएको छ ।

मुख्य मन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसी लगायतका नेता तथा कार्यकर्ताहरु संगै सो अनुगमनमा गएका थिए ।

 

कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारी हेलिकप्टरमा मुख्यमन्त्री शाहीलाई उद्धार गरी सिमकोट फर्कि सकेका छन् । यस्तै प्रदेशका प्रवक्ता बिमला केसी गाउँमै रहेको जानकारी प्राप्त भएको छ ।

                                          

 

कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारी हेलिकप्टरमा मुख्यमन्त्री शाहीलाई उद्धार गरी सिमकोट फर्कि सकेका छन् । यस्तै प्रदेशका प्रवक्ता बिमला केसी गाउँमै रहेको जानकारी प्राप्त भएको छ ।

                                          

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९