राज शाही शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जिल्लाको एक आधारभुत विद्यालय चोरी भएको छ । चोरी हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ मा स्थापित मष्ठादेव आधारभुत विद्यालय रहेको छ । विहिवार राती विद्यालयको झ्याल फुटालि उक्त विद्यालय चोरी भएको सोही विद्यालयका प्रधानाध्यापक नन्दबहादुर शाहीले बताएका छन् ।विद्यालयको झ्याल फुटाली चोरले स सना बालबालिकाको दिवा खाजाका लागी स्टोर गरेको सामाग्री र खाध्यन्न चोरी गरेको प्रधानाध्यापक शाहीले बताएका छन् ।

चोरी भएका सामानहरुमा २ दर्जन कापी, १ दर्जन डट्पेन, १ दर्जन वोडमार्कर, ५ काटुन चाउ चाउ, २० केजीका ५ बोरा लिटो, १ कुन्टल सिमि, १ कुन्टल मकै, ५ केजी चिनी, तेल ३ काटुन, मिट मसला लगाएतका सामाग्री र खाद्यन्न चोरी गरेको प्रधानाध्यापक शाहीले बताएका छन् ।

अभिभावकले आफ्ना छोरा छोरीको दिवा खाजाकोलागी स्टोर गरिएको सामाग्री चोरी गर्दा वालबालिकाले भोकभोकै विद्यालयमा पठन पाठन गर्नु पर्ने वाध्यता रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९