गोर्ख रोकाया शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

हुम्ला

अनुगमनका क्रममा हुम्ला आई पुगेका कर्णाली प्रदेश मुख्य मन्त्री महेन्द्र बहादुर शाही हिल्सा जाने कार्यक्रम सफल हुन सकेन । हेलिकोप्टरबाट हिल्सा जाने कार्यक्रम सुक्रबार तय भएको भएपनि हेलिकोप्टरलाई उडान अनुमति नभएपछि मुख्यमन्त्री शाहीको हिल्सा जाने कार्यक्रम हुन नसकेको हो । हाल हुम्लामा इन्धन ढुवानी गरि रहेको माउण्टेन एयरको हेलिकोप्टरको पाईलटलाई दश हजार फिट भन्दा अग्लो स्थानमा उडान अनुमति नभएपछि सुक्रबार हेलिकोप्टरले उडान भर्न नसकेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताएका छन् । हिल्सा जानका लागि निक्कै प्रयास भएपनि हेलिकोप्टर कम्पनीले नमान्दा कार्यक्रम रद्ध भएको थियो । मुख्यमन्त्री शाहीको सुक्रबार हिल्सामा अनुगमन गर्न जाने कार्यक्रम रहेको थियो ।

प्रतिपक्ष दल नेपाली काँग्रेसले सिमा मिचेको भनि दावी गरि रहेका वेला सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पाटीले सिमान नमिचेको भनि दावी गरे पनि हुम्लाको लिमिका स्थानियवासीले परापुर्व काल देखि भोक चलन गर्दै आए पनि विगत ५।६ महिना देखि उक्त ठाउँमा चिनीया पक्षले भोगचलन गर्न नदिइ डरत्रास देखाउने गरेको बताएका छन् ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही हुम्ला आइ पुगेका छन् । मुख्य मन्त्री शाही जिल्लामा १ दिन सम्म बस्ने कार्यक्रम तय भएको छ । सुक्रवार जिल्लामा आइ पुगेका शाही शनिवार मात्र फर्कने कार्यक्रम रहेको छ ।

मुख्य मन्त्री जिल्लामा आए संगै जिल्लाका सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि संग भेटघाट गरी जिल्लाको वस्तु स्थितिका बारेमा जानकारी लिएको नेपाल कम्युनिष्ठ पाटी युवा संघका केन्द्रिय सदस्य छवि थापाले बताएका छन् । मुख्य मन्त्री शाही जिल्लामा बसाइका क्रममा कर्णाली प्रदेशको आर्थिक सहयोगमा जिल्लामा निर्माण भएका विकासे योजनाहरुको अनुगमन गर्ने बताएका छन् ।

शाही आज कर्णालि प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला जिल्लाको ताँजाकोट गाउँ पालिकामा नेपाल कम्युनिष्ट पाटीको परिक्षण कार्यक्रममा सहभागी जिल्ला सदरमुकाम सिमकोट आइ पुगेका हुन । त्यसै गरी शाहीले जिल्ला सदरमुकाम सिमकोटमा प्रदेश सरकारले निर्माण गरेका विकासे योजनाको बारेमा समेत जानकारी लिएको थापाले बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९