राज शाही आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लामा गर्भवती महिला तथा १५ महिना मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको छ । जिल्ला अस्पतालले नियमित लगाउने खोप मध्यका एफ आइ पिभि, वि सि जि, डि पि डि, ओ पि भि, एम आर, पि सि भि, टिडी र जेइ खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अनमी सरिता बोहोराले बताएकी छन् ।

जस मध्य एफ आइ पिभि २०, वि सि जि ४०, डि पि डि ३०, ओ पि भि ३०, एम आर २०, पि सि भि २८, र जेइ ८० जना बालबालिकालाई खोप लागइएको हो । त्यसै गरी टिडी २० जना गर्भवती महिलाइ लगाइएको सिनियर अनमी बोहोराले बताएकी हुन ।

सिमकोट गाउँ पालिका वडा नं ५ र ६ संगै सिमकोटमा बसोबास गर्ने महिला तथा बालबालिकालाई उक्त खोप लगाइएको हो । उक्त खोपले गर्भवति महिला र बालबालिकालाई विभिन्न रोग संग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने विश्वास गरिन् छ । त्यसै गरी गर्भवति महिलालाई टिडी खोप लगाउने जन्मने बच्चा स्वच्छ तन्दुरस्त जन्मने विश्वास लिइएको सिनिएर अनमी बोहोराले बताएकी छन् ।

जिल्ला अस्पताल हुम्लाले आज विहान १० वजे देखि अहिले बेलुका ५ वजे सम्म लगाइएको हो ।

 

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९