राज शाही आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लामा गर्भवती महिला तथा १५ महिना मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको छ । जिल्ला अस्पतालले नियमित लगाउने खोप मध्यका एफ आइ पिभि, वि सि जि, डि पि डि, ओ पि भि, एम आर, पि सि भि, टिडी र जेइ खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अनमी सरिता बोहोराले बताएकी छन् ।

जस मध्य एफ आइ पिभि २०, वि सि जि ४०, डि पि डि ३०, ओ पि भि ३०, एम आर २०, पि सि भि २८, र जेइ ८० जना बालबालिकालाई खोप लागइएको हो । त्यसै गरी टिडी २० जना गर्भवती महिलाइ लगाइएको सिनियर अनमी बोहोराले बताएकी हुन ।

सिमकोट गाउँ पालिका वडा नं ५ र ६ संगै सिमकोटमा बसोबास गर्ने महिला तथा बालबालिकालाई उक्त खोप लगाइएको हो । उक्त खोपले गर्भवति महिला र बालबालिकालाई विभिन्न रोग संग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने विश्वास गरिन् छ । त्यसै गरी गर्भवति महिलालाई टिडी खोप लगाउने जन्मने बच्चा स्वच्छ तन्दुरस्त जन्मने विश्वास लिइएको सिनिएर अनमी बोहोराले बताएकी छन् ।

जिल्ला अस्पताल हुम्लाले आज विहान १० वजे देखि अहिले बेलुका ५ वजे सम्म लगाइएको हो ।

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९