राज शाही बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित

हुम्ला

जिल्लामा सुख्खा मौसम सुरु भए संगै दिन प्रति दिन आगलागीका घटनाहरु वढ्न थालेका छन् । विगत १।२ दिन देखि जिल्लाका काँही न काँही आगलागी भएको देख्न थालिएको छ । हुम्ला जिल्लामा ६ महिना सुख्खा र ६ महिना हरियाली हुने गरेको छ ।

यसै विच बिहिवार दिनको १ बजेबाट ग्वाराक्टु सामुदायिक वन हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा न  ४ लाङदुमा भिसण आगलागी भएको छ । आगलागीबाट साना तथा ठुला बोटविरु हजारौको संख्यामा नष्ट भएको देखिन्छ ।

उक्त सामुदायीक वन २०५२ साल देखि संरक्षण गरि राखेको सिमकोट गाउँ पालिका वडा नं ४ का वडा अध्यक्ष छवि चन्द लामाले बताएका छन् । विगत २५ वर्ष देखि जगाएर राखेको सामुदायीक वनमा आगलागी हुदा हजारौको संख्यामा रहेका विभिन्न जातका वनस्पती संगै सो वनमा रहेका चरा चुरुङगी जंगली जनावर समेत भागेर गएको हुन सक्ने आसङका अध्यक्ष लामाको रहेको छ ।

आगो बालबालिकाले लगाएको भन्ने सम्मको खवर प्राप्त भएको वडा अध्यक्ष लामाले बताएका छन् । सोही वनका वारेमा विहिबार सामुदायीक वनका पदाधीकारीको वैठक वसेको र उक्त वनलाई काटछाँट गर्ने विषयमा छलफल समेत चलेको लामाले बताएका हुन ।

वडा अध्यक्ष लामाको पहलमा जनपद प्रहरी, ससत्र प्रहरी, नेपाली सेना र स्थानियवासीले आगो नियन्त्रणमा ल्याए लामाले बताए । करिव ९० प्रतिसत आगो नियन्त्रमा आइ सकेको र  ठुला मुडामा लागेको आगो र पन्चमुखी क्षेत्र तिरको केही भागको आगो   निभाउने कार्य जारी रहेको लामाले बताएका छन् ।

सिमकोट गाउँ पालिकाको वडा नं ४ को लाङदु गाउँ नजिक रहेको ग्वाराक्टु सामुदायिक वनको तल चेला भन्ने ठाउँ देखि माथि सुरिक खर्क सम्म आगलागी भएको अध्यक्ष लामाले बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९