राज शाही बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाको मुख्य नाका ५ दिनका लागी वन्द गरिएको छ । हुम्ला जिल्लामा प्रवेश गर्ने मुख्य नाका कवाडी नाका ५ दिनका लागी वन्द गरिएको ताँजाकोट गाउँ पालिका अध्यक्ष बागदल मल्लले बताएका छन् । मुख्य नाका कवाडी नाका संगै ताँजाकोट गाउँ पालिकाका अन्य नाका पनि वन्द गरिएका हुन ।

नेपालीहरुको महान चाड वडा दशैका पुर्णीमा सम्म ताँजाकोट गाउँ पालिकामा ठुलो मेला लाग्ने र सो मेला हेर्नका लागी मुगु बाजुर लगाएतका जिल्लाका मानिसहरु उक्त मेला हेर्न ताँजाको गाउँ पालिकामा आउने भएकाले सो नाका वन्द गरिएका हुन ।

दर्सकहरु आउदा कोरोना संक्रमण पनि भित्रीन सक्ने भएकाले आफ्ना जनताको जिउ ज्यान सुरक्षाका लागी सो गाउँ पालिकाका चार वटै नाका ५ दिनका लागी वन्द गरिएको सोही गाउँ पालिका अध्यक्ष मल्लले बताएका छन् ।

गाउँ कार्यपालिकाको कार्तिक ११ गते वजेसको बैठकले गाउँ पालिकाका सबै नाकाहरु वन्द गर्ने निर्णय गरेको थियो । वन्द गरिएका नाकाहरुमा बाजुरा जिल्लाको कवाडी नाका, मुगु जिल्लाको तिर्थसैनबाट ताँजाकोट गाउँपालिका र हुम्ला जिल्लाका आन्तरिक  मुख्य नाकाहरु पाँच दिनका लागी मानिसहरुलाइ आवतजावतमा रोक लगाइएको छ  ।

दशैँको समयमा अन्य जिल्लाबाट हुम्लाको ताँजाकोट गाउँपालिका भएर आवतजावत हुदां कोरोना संक्रमण फैलिने डरले पालिकामा प्रवेशमा रोक लगाइएको हो ।

 

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९