राज शाही बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाको मुख्य नाका ५ दिनका लागी वन्द गरिएको छ । हुम्ला जिल्लामा प्रवेश गर्ने मुख्य नाका कवाडी नाका ५ दिनका लागी वन्द गरिएको ताँजाकोट गाउँ पालिका अध्यक्ष बागदल मल्लले बताएका छन् । मुख्य नाका कवाडी नाका संगै ताँजाकोट गाउँ पालिकाका अन्य नाका पनि वन्द गरिएका हुन ।

नेपालीहरुको महान चाड वडा दशैका पुर्णीमा सम्म ताँजाकोट गाउँ पालिकामा ठुलो मेला लाग्ने र सो मेला हेर्नका लागी मुगु बाजुर लगाएतका जिल्लाका मानिसहरु उक्त मेला हेर्न ताँजाको गाउँ पालिकामा आउने भएकाले सो नाका वन्द गरिएका हुन ।

दर्सकहरु आउदा कोरोना संक्रमण पनि भित्रीन सक्ने भएकाले आफ्ना जनताको जिउ ज्यान सुरक्षाका लागी सो गाउँ पालिकाका चार वटै नाका ५ दिनका लागी वन्द गरिएको सोही गाउँ पालिका अध्यक्ष मल्लले बताएका छन् ।

गाउँ कार्यपालिकाको कार्तिक ११ गते वजेसको बैठकले गाउँ पालिकाका सबै नाकाहरु वन्द गर्ने निर्णय गरेको थियो । वन्द गरिएका नाकाहरुमा बाजुरा जिल्लाको कवाडी नाका, मुगु जिल्लाको तिर्थसैनबाट ताँजाकोट गाउँपालिका र हुम्ला जिल्लाका आन्तरिक  मुख्य नाकाहरु पाँच दिनका लागी मानिसहरुलाइ आवतजावतमा रोक लगाइएको छ  ।

दशैँको समयमा अन्य जिल्लाबाट हुम्लाको ताँजाकोट गाउँपालिका भएर आवतजावत हुदां कोरोना संक्रमण फैलिने डरले पालिकामा प्रवेशमा रोक लगाइएको हो ।

 

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९