शान्ती सिंह सोमबार, कार्तिक १०, २०७७ मा प्रकाशित

पुर्व मन्त्री जिवनबहादुर शाहीले दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्दै यसपालिको दसैं जो जहाँजहाँ छौ, त्यहीँ त्यहीँ रहेर मनाउन अनुरोध गर्नु भएको छ । उहाँले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

चाडबाडमा ख्यालै नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता काम पनि उचित नभएको भन्दै उहाँले यस्ता अभ्यासलाई सच्याएर चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने बताउनु भयो । अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा दसैंलाई विगत भन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका शाहीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरालाई ख्याल गर्न सुझाव दिनु भएको छ  ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दसैं मनाउन नेपाली काँग्रेसका केन्द्रिय सदस्य शाहीले सबैमा आग्रह गर्नु भएको छ ।

संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी पुर्व मन्त्री शाही निवासमा  हुने ‘बडा दसैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको पनि उहाँले जानकारी दिनू भयो  ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९