राज शाही आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित

जिल्लाका किसानले एउटै खेतमा विभिन्न किसिमको अन्नवाली लगाएर मनग्य आम्दानी गर्न थालेका छन् । एउटै खेत वारीमा सिमि आलु, चिनो, साग लगाएतका वाली उत्पादन गरेर राम्रो आम्दानी गरेको स्थानिय हरिजन शाहीले बताए ।

सिमीको विच विचमा आलु सिमी संगै मकै, कोदो संग राम्रो, मुला, चोती, लगाएत पनि राम्रो आम्दानी गरेको कृषकले शाहीले बताएका छन् । एकै सिजनमा लगाएको धेरै जानको अन्नवाली संगै तरकारीबाट राम्रो आम्दानी भएको कृषकले बताएका हुन ।

अहिले मकै संग लगाएको सिमिको प्रति केजी सिमकोटमा १ सय ५०, आलु प्रति केजी ५० रुपैया, चोतो प्रति केजी ४० रुपैया, मुला प्रतिकेजी ३० रुपैंया, भाजी साग प्रति केजी १५ रुपैंया, मकै प्रति कोषा २० रुपैंयामा विक्री गरेको कृषकले बताएका छन् । यसबाट एकैपटक आम्दानी भएपछि कृषक पनि खुसी भएको पाइएको छ । पछिल्ला वर्षमा जिल्लाका अधिकाँस किसानले यसैगरी परम्परागत खेती छोडेर अन्तरवाली प्रविधिको उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाका सरकारी तथा गैरसरकारी क्षेत्रबाट भने यस्ता विषयमा ज्ञान दिइएको पाइदैन । सरकारी तथा गैर सरकारी संघसंस्था गाउँ गाउँमा जाने तर एउटा वाली गर्नेलाई प्रोत्साहन गर्दै आएको तर अन्तरवाली लगाउने प्रविधिलाई जोड नदिएको कृषकको गुनासो रहेको छ ।

वर्षाको समयमा बारीमा रोप्ने मकैसँगै काउली, बन्दा र टमाटर रोपेर राम्रो आम्दानी हुने गरेको बताइएको छ । कतिपय किसानले पहिलो वर्ष परिक्षणका रुपमा मकैभित्र रोपेका वन्दा विक्री गरेर आम्दानी राम्रो गरेको शाहीको भनाइ छ ।  गाउँका कतिपय किसानले यस वर्ष वन्दा सिमी, काँग्रो र टमाटर सँगै अन्य नगतेवाली रोपेर राम्रो आम्दानी गरेको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९