राज शाही आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाका किसानले एउटै खेतमा विभिन्न किसिमको अन्नवाली लगाएर मनग्य आम्दानी गर्न थालेका छन् । एउटै खेत वारीमा सिमि आलु, चिनो, साग लगाएतका वाली उत्पादन गरेर राम्रो आम्दानी गरेको स्थानिय हरिजन शाहीले बताए ।

सिमीको विच विचमा आलु सिमी संगै मकै, कोदो संग राम्रो, मुला, चोती, लगाएत पनि राम्रो आम्दानी गरेको कृषकले शाहीले बताएका छन् । एकै सिजनमा लगाएको धेरै जानको अन्नवाली संगै तरकारीबाट राम्रो आम्दानी भएको कृषकले बताएका हुन ।

अहिले मकै संग लगाएको सिमिको प्रति केजी सिमकोटमा १ सय ५०, आलु प्रति केजी ५० रुपैया, चोतो प्रति केजी ४० रुपैया, मुला प्रतिकेजी ३० रुपैंया, भाजी साग प्रति केजी १५ रुपैंया, मकै प्रति कोषा २० रुपैंयामा विक्री गरेको कृषकले बताएका छन् । यसबाट एकैपटक आम्दानी भएपछि कृषक पनि खुसी भएको पाइएको छ । पछिल्ला वर्षमा जिल्लाका अधिकाँस किसानले यसैगरी परम्परागत खेती छोडेर अन्तरवाली प्रविधिको उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाका सरकारी तथा गैरसरकारी क्षेत्रबाट भने यस्ता विषयमा ज्ञान दिइएको पाइदैन । सरकारी तथा गैर सरकारी संघसंस्था गाउँ गाउँमा जाने तर एउटा वाली गर्नेलाई प्रोत्साहन गर्दै आएको तर अन्तरवाली लगाउने प्रविधिलाई जोड नदिएको कृषकको गुनासो रहेको छ ।

वर्षाको समयमा बारीमा रोप्ने मकैसँगै काउली, बन्दा र टमाटर रोपेर राम्रो आम्दानी हुने गरेको बताइएको छ । कतिपय किसानले पहिलो वर्ष परिक्षणका रुपमा मकैभित्र रोपेका वन्दा विक्री गरेर आम्दानी राम्रो गरेको शाहीको भनाइ छ ।  गाउँका कतिपय किसानले यस वर्ष वन्दा सिमी, काँग्रो र टमाटर सँगै अन्य नगतेवाली रोपेर राम्रो आम्दानी गरेको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९