राज शाही शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

गाउँपालिकाका सबै वडामा मोटर बाटो पुर्याउने लक्ष्य नजिक पुगेको सिमकोट गाउँपाकिलाका अध्यक्ष पदम बहादुर लामाले बताएका छन् । चुनावमा जानु अघि गरिएको त्यो बाचा तीन वर्ष मै धेरै हदसम्म पुरा भएको उनले वताएका छन् ।
गाउँपालिकाका आठ वटा वडा मध्य १ देखि ७ सम्म सडक निर्माण कार्य पुरा भएको छ । अब ८ नम्बर वडा बाँकी रहेको छ । त्यसका लागि चालु आर्थिक वर्षमा बजेटको ब्यबस्था गरिएको छ र यसै वर्ष सो वडामा सडक निर्माण कार्य पुरा गर्ने लक्ष रहेको अध्यक्ष   लामाले बताएका छन् ।  सो वडामा कर्णाली नदी पार गर्नु पर्ने भएको कारण मोटरेवल पुल निर्माणको पनि ब्यबस्था भई सकेको छ ।

सिमकोट गाउँपाकिाले तीन वर्षमा २५ किलो मिटर सडक निर्माण गरेको छ । सदरमुकाम सिमकोट वजारमा सात मिटर चौढा सडक निर्माण गर्ने कार्य पनि अन्तिम चरणमा रहेको छ । त्यो संगै ढलको ब्यबस्था गरिने भएको छ ।

गाउँ पालिकाको सबै वडामा स्वास्थ्य संस्था स्थापना गरेर स्वास्थ्यकर्मीको ब्यबस्था गरि सेवा प्रारम्भ भएको छ । शिक्षामा आवासीय विद्यालयको अवधारण सुरु भई कार्यान्वयनमा आएको छ । अर्को प्रत्येक माध्यामिक विद्यालयमा सेनिटरी प्याडका लागि बैंकको ब्यबस्था गरिएको छ ।

गाउँपालिकामा फलफुल खेतीको राम्रो संभावना देखिएको बिशेष गरि ओखर तथा स्याउका बिरुवा ब्यबसायीक खेतीका लागि बितरण गर्ने कार्य भएको छ । खाद्यान्न वितरणमा समनता ल्याउने काम भएको छ । यसका लागि अध्यक्ष लमाले तीस करोड खर्च भएको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९