राज शाही शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित

गाउँपालिकाका सबै वडामा मोटर बाटो पुर्याउने लक्ष्य नजिक पुगेको सिमकोट गाउँपाकिलाका अध्यक्ष पदम बहादुर लामाले बताएका छन् । चुनावमा जानु अघि गरिएको त्यो बाचा तीन वर्ष मै धेरै हदसम्म पुरा भएको उनले वताएका छन् ।
गाउँपालिकाका आठ वटा वडा मध्य १ देखि ७ सम्म सडक निर्माण कार्य पुरा भएको छ । अब ८ नम्बर वडा बाँकी रहेको छ । त्यसका लागि चालु आर्थिक वर्षमा बजेटको ब्यबस्था गरिएको छ र यसै वर्ष सो वडामा सडक निर्माण कार्य पुरा गर्ने लक्ष रहेको अध्यक्ष   लामाले बताएका छन् ।  सो वडामा कर्णाली नदी पार गर्नु पर्ने भएको कारण मोटरेवल पुल निर्माणको पनि ब्यबस्था भई सकेको छ ।

सिमकोट गाउँपाकिाले तीन वर्षमा २५ किलो मिटर सडक निर्माण गरेको छ । सदरमुकाम सिमकोट वजारमा सात मिटर चौढा सडक निर्माण गर्ने कार्य पनि अन्तिम चरणमा रहेको छ । त्यो संगै ढलको ब्यबस्था गरिने भएको छ ।

गाउँ पालिकाको सबै वडामा स्वास्थ्य संस्था स्थापना गरेर स्वास्थ्यकर्मीको ब्यबस्था गरि सेवा प्रारम्भ भएको छ । शिक्षामा आवासीय विद्यालयको अवधारण सुरु भई कार्यान्वयनमा आएको छ । अर्को प्रत्येक माध्यामिक विद्यालयमा सेनिटरी प्याडका लागि बैंकको ब्यबस्था गरिएको छ ।

गाउँपालिकामा फलफुल खेतीको राम्रो संभावना देखिएको बिशेष गरि ओखर तथा स्याउका बिरुवा ब्यबसायीक खेतीका लागि बितरण गर्ने कार्य भएको छ । खाद्यान्न वितरणमा समनता ल्याउने काम भएको छ । यसका लागि अध्यक्ष लमाले तीस करोड खर्च भएको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९