राज शाही बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा श्रमिक अनुशिक्षक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ट्रेड युनियन काँग्रेस अध्यक्ष राजन रावतको अध्यक्षता र काँग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीको प्रमुख आथित्यमा विहिबार दिनको १२ बजे होटेल बिजयमा कार्यक्रम आयोजान भएको हो ।

कार्यक्रममा श्रमिकका हक अधिकारका लागि नेपाली काँग्रेस जहिले पनि लाग्ने, हुम्लामा पनि कोरोनाले छोइ सकेकाले हामीहरुले नाख, मुख, आँखा छुन नहुने, विश्व कोरोना महामारीका विच दशै मनाउदा टिका नलगाइ आफ्नो तथा घर परिवारको सरसफाइमा वढी जोड दिनु पर्ने, कोरोनाको जोखिम वढी दिर्घ रोगीलाई हुने भएकाले त्यसमा सजगता अपनाउनु पर्ने पुर्वमन्त्री जिवनबहादुर शाहीले सोही कार्यक्रममा आफ्नो भनाइ राख्नु भएको थियो ।

श्रमिकाका बारेमा  काँग्रेस सुचना तथा सञ्चार बिभागका सदस्य बसन्त रोकाया, नेपाल शिक्षक संघका अध्यक्ष कैलाश रोकाया, प्रजातान्त्रिक जिल्ला अध्यक्ष कुन्जोक लामा र स्कुल अफ डेमोक्रेसीका प्रदेश सदस्य सुर्य बहादुर शाहीले आफ्नो बिचार राखेका थिए ।

नेपालमा श्रमिकको कदर हुन नसकेकै कारण बिकासले फड्को मार्न नसकेको, आ आफ्नो पेशालाई मर्र्यादीत ढंगले अगाडी बढाउनु पर्ने, यो पेशा मेरो मात्र होइन हाम्रो पेशा हो भनेर अगाडी लाग्ने हो भने त्यहीबाट नेपाली काँग्रेसको भविश्य सुरु हुने पाटी सभापती जयपती रोकायाले बताएका थिए ।

मुधु बस्नेत शाहीको उद्धघोसमा संचालित कार्यक्रमा श्रमिकका हक अधिकारको कदर गर्नु पर्ने बिचार नेपाल ट्रेड युनियन काँग्रेस अध्यक्ष राजन रावतले बताएका थिए ।  कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले पनि आफ्नो भनाई राखेका थिए  भने ट्रेड युनियनकर्मी शुशिला रोकायाले स्वागत मन्तव्य राखेकी थिइन ।  कार्यक्रममा सहभागी सबैले एक आपसमा वडा दशैका शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा काँग्रेस उपसभापति कैलाश भण्डारी, सिमकोट गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष कृष्ण बहादुर वोहरा, नेपाल शिक्षक संघका कर्णाली प्रदेश उपमहा सचिव राज बहादुर ऐडी, कर्मचारी युनियन संघ कर्णाली प्रदेश उपाध्यक्ष मोहन बहादुर शाही, शिक्षक महासंघका कर्णाली प्रदेश उपाध्यक्ष काली बहादुर शाही स्कुल अफ डेमोक्रेसीका प्रदेश सदस्यद्धय राज बहादुर रोकाया र सुर्य बहादुर शाही लगाएको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९