राज शाही बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जडिवुटी निकाल्न गएका १ जना युवा वेपत्ता भएका छन् । वेपत्ता हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ निवासी धनबहादुर वुढा रहेका छन् । हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडानं १ को चुवाखोला वनमा जटिवुटी खन्न गएको वेला सोही बनबाट युवा बेपत्ता भएका हुन । जडीबुटी संङ्कलन गर्न गएका करिव ३० बर्षिय धनबहादुर बुढा एक हप्ता देखि सम्पर्कमा  नआएको खार्पुनाथ गाउँपालिका १ नम्बर निवासी एव हाम्रा स्थानिय सम्बाददाता गोरा बुढाले जानकारी दिएका छन् ।

जटीमासी (भुल्ते) लगायतका जडीबुटी सङ्कलन गर्ने भनेर असोज २० गते उनीहरु पाटनतर्फ लागेका थिए । संगै जडिबुटि संकलन गर्न गएका साथीहरु फर्केपनि उनको आजसम्म कुनै अत्तोपत्तो छैन ।

चुवाँखोला सामुदायिक वनमा जटामसी खन्ने क्रममा वेपत्ता भएपछि बुढाका आफन्तले ठेहे प्रहरी चौकी लाई खोज्नको लागि आग्राह गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य प्रकास सुवेदीले जानकारी दिए । घटना भएको भनिएको स्थलमा सुरक्षाकर्मीको टोली अहिले वेलुका मात्रै पुग्ने भएकाले अरु थप जानकारी नआएको प्रहरी नायव उपरिक्षक सुवेदीले बताएका छन् ।

उनका अनुसार वेपत्ता बुढाको आफन्त र प्रहरी हल्दावारको नेतृत्वमा ५ जना प्रहरी जवानाहरु वेपत्ता वुढाको खोजी गर्न त्यसतर्फ प्रस्थान गरेको बताएका छन्  ।

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९