राज शाही बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जडिवुटी निकाल्न गएका १ जना युवा वेपत्ता भएका छन् । वेपत्ता हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ निवासी धनबहादुर वुढा रहेका छन् । हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडानं १ को चुवाखोला वनमा जटिवुटी खन्न गएको वेला सोही बनबाट युवा बेपत्ता भएका हुन । जडीबुटी संङ्कलन गर्न गएका करिव ३० बर्षिय धनबहादुर बुढा एक हप्ता देखि सम्पर्कमा  नआएको खार्पुनाथ गाउँपालिका १ नम्बर निवासी एव हाम्रा स्थानिय सम्बाददाता गोरा बुढाले जानकारी दिएका छन् ।

जटीमासी (भुल्ते) लगायतका जडीबुटी सङ्कलन गर्ने भनेर असोज २० गते उनीहरु पाटनतर्फ लागेका थिए । संगै जडिबुटि संकलन गर्न गएका साथीहरु फर्केपनि उनको आजसम्म कुनै अत्तोपत्तो छैन ।

चुवाँखोला सामुदायिक वनमा जटामसी खन्ने क्रममा वेपत्ता भएपछि बुढाका आफन्तले ठेहे प्रहरी चौकी लाई खोज्नको लागि आग्राह गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य प्रकास सुवेदीले जानकारी दिए । घटना भएको भनिएको स्थलमा सुरक्षाकर्मीको टोली अहिले वेलुका मात्रै पुग्ने भएकाले अरु थप जानकारी नआएको प्रहरी नायव उपरिक्षक सुवेदीले बताएका छन् ।

उनका अनुसार वेपत्ता बुढाको आफन्त र प्रहरी हल्दावारको नेतृत्वमा ५ जना प्रहरी जवानाहरु वेपत्ता वुढाको खोजी गर्न त्यसतर्फ प्रस्थान गरेको बताएका छन्  ।

 

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९