राज शाही बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला अस्पताल सिल गरिएको छ । हुम्ला जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए पछी बुधबारबाट हुम्ला जिल्ला अस्पताल सिल गरिएको सुचना अधिकारी भक्ती फडेराले बताएका छन् ।

जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी र एक जना बाहिरको व्यक्तीमा कोरोना संक्रमण देखिएकाले जिल्ला अस्पतालको एरिया डिस इन्फेक्ट गर्नका लागी जिल्ला अस्पताल सिल गरिएको हो । अर्को सुचना जारी नहुन्जेल सम्म हुम्ला जिल्ला अस्पतालको इमरजेन्सी तथा प्रसुती सेवा बाहेक अन्य सम्पुर्ण सेवा वन्द गरिएको छ ।

पिसि आर परिक्षणका लागी कार्तिक २ गते भिटिएम स्वाव संकलन गरिएको थियो । १७ जनाको स्वाव संकलन गरि पिसिआरको लागी सोमबार सुर्खेत पठाइएको थियो । १७ जना मध्य पिसिआर रिर्पोटमा ४ जनाको कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् ।

२ जनामा यस अघि नै कोरोना पोजेटिभ देखिएको र पुन परिक्षणका लागी स्वाव संकलन गरि सुर्खेत पठाउदा पिसिआर परिक्षणमा पोजेटिभ देखिएको हो भने थप २ जना नयाँ कोरोना संक्रमित देखिएका छन् । जो जिल्ला सदरमुकाममै बसोबास गर्ने व्यक्तीहरु रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९