राज शाही बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला अस्पताल सिल गरिएको छ । हुम्ला जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए पछी बुधबारबाट हुम्ला जिल्ला अस्पताल सिल गरिएको सुचना अधिकारी भक्ती फडेराले बताएका छन् ।

जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी र एक जना बाहिरको व्यक्तीमा कोरोना संक्रमण देखिएकाले जिल्ला अस्पतालको एरिया डिस इन्फेक्ट गर्नका लागी जिल्ला अस्पताल सिल गरिएको हो । अर्को सुचना जारी नहुन्जेल सम्म हुम्ला जिल्ला अस्पतालको इमरजेन्सी तथा प्रसुती सेवा बाहेक अन्य सम्पुर्ण सेवा वन्द गरिएको छ ।

पिसि आर परिक्षणका लागी कार्तिक २ गते भिटिएम स्वाव संकलन गरिएको थियो । १७ जनाको स्वाव संकलन गरि पिसिआरको लागी सोमबार सुर्खेत पठाइएको थियो । १७ जना मध्य पिसिआर रिर्पोटमा ४ जनाको कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् ।

२ जनामा यस अघि नै कोरोना पोजेटिभ देखिएको र पुन परिक्षणका लागी स्वाव संकलन गरि सुर्खेत पठाउदा पिसिआर परिक्षणमा पोजेटिभ देखिएको हो भने थप २ जना नयाँ कोरोना संक्रमित देखिएका छन् । जो जिल्ला सदरमुकाममै बसोबास गर्ने व्यक्तीहरु रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९