राज शाही मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

अलपत्र परेका ४ जना बालबालिकालाई परिवारसँग पुनर मिलन गरिएको छ । हुम्ला जिल्लाबाट राम्रो शिक्षा दिक्षा खाना लगाउन दिने आश्वासन दिइ लिएका ४ जना बालबालिकालाई हिमाली नविन समाजले आज परिवार सँग पुनर मिलन गराएको हो ।

अभिभावकबाट मोटो रकम लिइ काठमाण्डौका विभिन्न बालगृहमा राखी अलपत्र परेका हुम्लाका ४ जना बाल बालिकालाई आज एक कार्यक्रमका विच आफन्तको जिम्मा लगाइएको छ ।

जिम्मा लगाइएका मध्य खार्पुनाथ गाउँ पालिका वडा नं १ का १ जना वडा नं २ का १ जना अदानचुलि गाउँ पालिका वडा नं ६ का १ जना र सिमकोट गाउँ पालिका वडा न १ ठेहेका १ जना रहेका छन् । राष्टिय बाल अधिकार परिषदले काठमाण्डौमा अलपत्र परेका ११ जना बालबालिकालाई उदार गरेकोमा ४ जना हुम्ला जिल्लाका र ७ जना बाहिर जिल्लाका रहेको हिमाली नविन समाजका पारिवारीक पुनर मिलन अधिकृत मंगल लामाले बताएका छन् । ४ जना मध्य १ जना साहारा अन्तराष्टिय वालगृह र ३ जना अन्य वाल गृहबाट उदार गरिएको अधिकृत लामाले बताएका छन् ।

एक जना अभिभावकले आफ्नो बच्चा लिदा ४० हजार पछि फिर्ता दिने गरी दलाललाई दिएको र उक्त रकम पनि हाल सम्म नदिएको र बच्चाको हरिविजोग बनाएकोले निज दलालको नाउमा जिल्ला प्रशान कार्यलयमा कार्वाहीका लागी निवेदन समेत दर्ता गराएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा पुनमिलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चरन्जीवी गिरी खार्पुनाथ गाउँ पालिकाका उपाध्यक्ष रुपा शाही सिमकोट गाउँ पालिका वडा नं २ का वडा अध्यक्ष नरबहादुर भण्डारी लगाएतका पत्रकार नागरीक समाजस र सरोकारवाला निकायको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९