राज शाही सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित

हुम्ला जिल्लामा पहिलो पटक राष्ट्रिय परिचय पत्र जैविक बिबरण संकलन कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले  सो बिबरण  संकलन गर्ने कार्य सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सफ्ट वयरमा राष्ट्रिय परिचयपत्र जैविक विवरण संकलन कार्य सुरु भएको जनाएको  छ । हुम्सला जिल्लाका सबै नागरिकले अनिवार्य रुपमा यो विवरण भर्नु पर्ने छ । यसबाट अब प्रत्येक नागरिकको फारमले खोजे अनुसारका सबै बिबरण कम्प्युटरमा इन्ट्री गर्ने कार्य भएको हो ।

सोमबार आज पहिलो दिन चार जना नागरिकको विवरण इन्ट्री गर्ने कार्य भएको छ । जिल्लाका सबै नागरिकहरुको यो विवरण संकलन गरिने छ । हाललाई कार्यालयको एउटा कोठामा यो विवरण संकलन कार्य सुरु भएको र  दशै लगत्तै ब्यापक प्रचार प्रसार गरेर यो विवरण संकलन कार्य सुरु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९