राज शाही शुक्रबार, आश्विन ३०, २०७७ मा प्रकाशित

हुम्ला

चीनसंग सिमा जोडिएको हुम्लाको लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएकोमा सरकारले विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न कर्णाली प्रदेशसभाका संसदीय दलको नेता जीवनकहादुर शाहीले हुम्लाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच उक्त ज्ञापन पत्र बुझाएको हो ।

करिव डेढ महिना अघि हुम्लाको लिमि क्षेत्रमा पर्ने नेपाली भूमि मिचेर चिनिया पक्षले नौ वटा भवन बनाएको विषय बाहिर आयो । सीमा मिचिएको विषयमा गम्भीर नबनेको भन्दै चर्काे आलोचना भएपछि सरकारले चीनले आफ्नै भूमिमा भौतिक संरचना बनाएको प्रतिक्रिया दिएको थियो । यो विवाद अहिले पनि टुंगिएको छैन ।

यसै बीच स्थलगत अनुगमनमा पुगेर फर्किएको कांग्रेस जनप्रतिनिधिको टोलीले ललोङजोङ मात्र होईन हिल्साामा पनि भूमि मिचिएको ठहर गरेको छ । चिनिया“ पक्षले करिव डेढ किलोमिटर नेपालको भूमि ललोङजोङमा नौ वटा भवन बनाएको र हिल्सामा नेपाली भूमीमा रहेका सिमा स्तम्भलाई आफुतिर पारि नेपाली भुमीतिर तारबार गरेर नेपाली भूमी अतिक्रमण गरेको  भन्दै छिटो भन्दा छिटो कांग्रेसले अध्ययन तथा अनुसन्धान गरेर कुटनीतिक पहल चाल्न सरकारसंग माग सुक्रबार  बुझाएको  ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

कर्णाली प्रदेशसभाका संसदीय दलको नेता एव पुर्ब मन्त्रि समेत रहेका नेपाली  कांग्रेसका केन्दीय सदस्य जिवनबहादुर शाहीले बुझाएको ज्ञापन पत्र जस्ताको तेस्ते प्रधानमन्त्रि कार्यलयमा पठाउने प्रमुख जिल्ला अधिकारी चिरन्जिबी गिरिले बताएका छन । सीमा क्षेत्रका नेपालीलाई पिलरका बारेमा नबोल्न समेत चीनले धम्की दिने गरेकाले नेपाली पक्षको अनुपस्थितीमा त्यसलाई आफूखुसी सार्ने रणनीतिमा चिनिया“ पक्ष रहेको कांग्रेसको आशंका छ । यो द्विविधा र आंशका अन्त्य गर्नका लागि सरकारले सतही प्रतिक्रिया दिनुको सट्टा विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद जस्तो गम्भीर विषयलाई कुटनीतिक तवरले हल गर्नु आवश्यक देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९