राज शाही शुक्रबार, आश्विन ३०, २०७७ मा प्रकाशित

हिमालपारीको गाउँ लिमीका तीन वटै गाउँमा मानिसको उमेर साठी वर्ष कटेपछि सार्वजनिक काममा रोक लगाउने गरिएको छ । गाउँको नियम अनुसार सार्वजनिक काम गर्न नसक्ने भन्दै साठी वर्ष कटेका नागरिकलाई काममा रोक लगाईएको हो ।

५९ वर्ष उमेर पुगेका नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीको हल्जी गाउँमा बृद्ध कोन्क्याप मुटुप तामाङलाई एक वर्षपछि सार्वजनिक काम गर्न नपाईने भएपछि चिन्ता सुरु भएको छ । काम गर्न सक्ने जाँगर उनीमा भएपनि गाउँको नियमले काम गर्न दिने अबस्था छैन् । आफ्नो घरको काम बाहेक तामाङले एक वर्षपछि अन्य सार्वजनिक रुपमा गरिने कुनै पनि काम गर्न नपाउने बताए। त्यसपछि घरमै सिमित हुनु पर्ने भएपछि उनमा चिन्ता थपिएको हो ।

तील गाउँकी साठी वर्षकी बृद्धा छिरिङपुटी तामाङले सार्वजनिक काम गर्न छोडेकी छन । काम गर्न सकिने भएपनि गाउँको कडा नियमका अगाडी उनको केही पनि चल्दैन । साठी वर्ष माथिका नागरिकहरुको दिनचर्या घरको चुलो चौको र पशुबस्तु हेर्नमा समय बित्ने गरेको छ । उनले जति काम र रमाईलो गरेपनि पहिले  गरियो , अब त साँघुरो घेरामा बस्नुको बिकल्प नभएको बताइन ।

वडा अध्यक्ष पाल्जोर तामाङले उमेरले सार्वजनिक काम गर्न नसक्ने भएपछि साठी वर्ष माथिका नागरिकलाई त्यस्ता काम गर्न रोक लगाईएको बताए । लिमीका तीन वटा गाउँ तील, हल्जी र जाँङ यो नियम लागु हुदै आएको छ । साठी कटेपछि गाउँमा हुने सबै खाले सार्वजनिक काममा रोक लगाईए पछि उनीहरुको आफ्नै दिन चर्या हुने गरेको छ ।  वडा अध्यक्ष तामाङले जेष्ठ नागरिकले सार्वजनिक काम गर्न नपाएपछि दुख मान्ने गरेपनि गाउँको नियमले उनीहरुको सम्मान गरेको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९