राज शाही शुक्रबार, आश्विन ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमालपारीको गाउँ लिमीका तीन वटै गाउँमा मानिसको उमेर साठी वर्ष कटेपछि सार्वजनिक काममा रोक लगाउने गरिएको छ । गाउँको नियम अनुसार सार्वजनिक काम गर्न नसक्ने भन्दै साठी वर्ष कटेका नागरिकलाई काममा रोक लगाईएको हो ।

५९ वर्ष उमेर पुगेका नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीको हल्जी गाउँमा बृद्ध कोन्क्याप मुटुप तामाङलाई एक वर्षपछि सार्वजनिक काम गर्न नपाईने भएपछि चिन्ता सुरु भएको छ । काम गर्न सक्ने जाँगर उनीमा भएपनि गाउँको नियमले काम गर्न दिने अबस्था छैन् । आफ्नो घरको काम बाहेक तामाङले एक वर्षपछि अन्य सार्वजनिक रुपमा गरिने कुनै पनि काम गर्न नपाउने बताए। त्यसपछि घरमै सिमित हुनु पर्ने भएपछि उनमा चिन्ता थपिएको हो ।

तील गाउँकी साठी वर्षकी बृद्धा छिरिङपुटी तामाङले सार्वजनिक काम गर्न छोडेकी छन । काम गर्न सकिने भएपनि गाउँको कडा नियमका अगाडी उनको केही पनि चल्दैन । साठी वर्ष माथिका नागरिकहरुको दिनचर्या घरको चुलो चौको र पशुबस्तु हेर्नमा समय बित्ने गरेको छ । उनले जति काम र रमाईलो गरेपनि पहिले  गरियो , अब त साँघुरो घेरामा बस्नुको बिकल्प नभएको बताइन ।

वडा अध्यक्ष पाल्जोर तामाङले उमेरले सार्वजनिक काम गर्न नसक्ने भएपछि साठी वर्ष माथिका नागरिकलाई त्यस्ता काम गर्न रोक लगाईएको बताए । लिमीका तीन वटा गाउँ तील, हल्जी र जाँङ यो नियम लागु हुदै आएको छ । साठी कटेपछि गाउँमा हुने सबै खाले सार्वजनिक काममा रोक लगाईए पछि उनीहरुको आफ्नै दिन चर्या हुने गरेको छ ।  वडा अध्यक्ष तामाङले जेष्ठ नागरिकले सार्वजनिक काम गर्न नपाएपछि दुख मान्ने गरेपनि गाउँको नियमले उनीहरुको सम्मान गरेको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९