राज शाही बिहिबार, आश्विन २९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका तीन वटा बस्तीहरुलाई सेवा प्रदान गर्ने उदेश्यकका साथ सुबिधा सम्पन्न बर्थिङ्ग सेन्टर निर्माण भई सञ्चालनमा आएको छ । गर्भवती महिलालाई गाउँ बस्तीमा सहज रुपमा सुत्केरी गराउनका लागि यो सुविधा लिमीका महिलाहरुले पहिलो पटक पाउनु भएको हो । बर्थिङ्ग सेन्टर सहित सामुदायीक स्वास्थ्य संस्थाको भवन निर्माण कार्य सम्पन्न भएको छ ।

वडा अध्यक्ष पाल्जोर तामाङले बर्थिङ्ग सेन्टर निर्माण भएर सञ्चालनमा आएपछि अब लिमीका महिलाले सहज रुपमा सुत्केरी हुन पाउने जनाए । यसअघि लिमीका महिलाहरुले घरमै गाउँकी परम्परागत सुडेनीबाट सुत्केरी हुने गर्थे । ब्यथाले निक्कै च्यापे हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगंज र काठमाडौं लग्ने गरिन्थ्यो । अध्यक्ष तामाङले अब बर्थिङ्ग सेन्टरको स्थापनाले यो समस्याबाट लिमीका महिलाहरुले मुक्ति पाउने छन् ।

पहिलो पटक लिमीका तीन गाउँलाई समेट्ने गरि यो काम भएको हो । स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका कार्यकारी निर्देशक गोबिन्द शाहीका अनुसार भवन गाउँपालिका, छाया नेपाल र स्थानीय जनताको जनसहभागितामा ७१ लाख पचास हजार लागत साझेदारीमा  निर्माण भई सञ्चालनमा आएको हो । बर्थिङ्ग सेन्टरमा तातोपानीका लागि सोलार पनि जडान गरिएको छ । जसवाट सुत्केरी भएकी महिला तथा नानीले तातो पानीबाट नुहाउन पाउने छन् । भवन मै शौचालय पनि निर्माण गरिएको छ । गर्भवती महिलाको गर्भ जाँच गर्नका लागि अल्ट्रा साउण्ड मेशिन पनि जडान गरिएको छ ।

भवनमा बर्थिङ्ग सेन्टरका साथै अन्य बिरामीका लागि उपचार गर्न सामुदायीक स्वास्थ्य संस्थाको लागि पनि कोठा निर्माण गरिएको छ । एक वर्ष अगाडीसम्म लिमीमा स्वास्थ्यकर्मी वर्षको एक पटक अनुगमनका लागि जाने जस्तो गरि पुग्ने भएपनि यस वर्षबाट भने तीन जना स्वास्थ्यकर्मीहरुबाट गाउँ मै पुगेर उपचार दिन थालिएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९