राज शाही मंगलबार, आश्विन २७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नेपालको संविधानको धारा १६९ अनुसार मुख्यमन्त्रीको पद चारवटा अवस्थामा रिक्त हुन्छ । निजले प्रदेश प्रमुख समक्ष राजीनामा दिएमा, धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजविरुद्धको अविश्वास प्रस्ताव पारित भएमा, निज प्रदेशसभाको सदस्य नरहेमा र निजको मृत्यु भएमा मुख्यमन्त्री पद रिक्त हुन्छ ।

संसदीय दलका नेताबाट हट्दैमा मुख्यमन्त्री पदमुक्त हुन सक्दैन। बहुमत प्राप्त दलले संसदीय दलका नेता बदलेको अवस्थामा प्रदेश प्रमुखले बहालवाला मुख्यमन्त्रीलाई ‘संसद्बारा बहुमतसिद्ध गर’ भन्न सक्छन् । ‘मुख्यमन्त्रीको पद संसदीय दलले खोस्न सक्दैन, संसद्ले मात्र हटाउन वा राख्न सक्छ, ‘यसका लागि मुख्यमन्त्रीले संसदबाट पुनः विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्छ ।

संविधानको धारा १६८ (१) मा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था उल्लेख छ । उक्त दफामा प्रदेश प्रमुखले बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने भनिएको छ । ‘मुख्यमन्त्री हटाउने नै हो भने संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेर त्यसलाई पुष्टि गर्नुपर्ने हुन्छ।

संसदीय दलमा बहुमत गुमाएको र राजीनामा नदिएको अवस्थामा बरु उनी कामचलाउ मुख्यमन्त्री रहन्छन् ।’ संसदीय दलको नेताबाट हटाएर दलले नयाँ नेता चुनेको अवस्था र मुख्यमन्त्रीले पदबाट राजीनामा नदिएको अवस्थामा यसको निरूपण संसद्ले गर्नुपर्ने हुन सक्छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९