राज शाही सोमबार, आश्विन २६, २०७७ मा प्रकाशित

हुम्ला

वनडिविजन कार्यालय हुम्लाले १ सय ९० काडका ढेप बरामत गरीएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं ४ खार्पु शिवमन्द्रर नजिक वेवारीसे अवस्थामा रहेको काठ बरामत गरेको हो । उक्त काठको मालिक नभेटिएको र काठ बरामत गरि ल्याएको वनडिभिजन कार्यालय प्रमुख निरज झाले बताएका छन् ।

झाले रेडियो कैलासको भेटमा उक्त केही काठमा टाँचा समेत लागेको देखिएकाले सो काठको बैदानिकता प्राप्त प्रमाण ल्याइ कोही व्यक्ती वनडिभिजन कार्यालयमा आएमा खार्पु देखि सिमकोट सम्मको ढुवानी भाड तिरेर सो काठ लिन सक्ने प्रमुख झाले बताएका छन् । अहिले सम्म कोही व्यक्त पनि उक्त काठको प्रमाण लिइ नआएकाले अहिलेनै केही भन्न नसकिने बताएका छन् ।

स्थानिय गाउँ घरको मुल्य अनुसार १९० ढेव काठ प्रति काठ २ क्युफिटका दर ३८० क्युफिट रहेको छ । गाउँ घरको मुल्य प्रति क्युफिट १ हजार २ सय रुपैंया रहेको छ । यसरी हेर्दा सो काठको मुल्य ४ लाख ६० हजारको रहेको छ भने सरकारी रेट अनुसार १ लाख ९० हजार रहेको छ । सरकारी रेट प्रति क्युफिट १ सय रहेको छ । अनुसान्धानका क्रममा अवैध काठ ठहरेको खण्डमा उक्त काठका मालिलाई कानूनी उपचार खोजीने प्रमुख झाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९