राज शाही शनिबार, आश्विन २४, २०७७ मा प्रकाशित

हुम्ला

रोटरी कलव भातगाउँकी सभापती एव रेडियो कैलासकी प्रवन्ध निर्देशक वसन्ती शाहीको आर्थिक सहयोगमा खाध्यन्न वितरण गरिएको छ । हुम्ला जिल्लाको निर्वाचन क्षेत्र  क  का बाढी पिडितलाई २ सय १७ कट्टा चामल राहत स्वरुप वितरण गरिएको स्थानियवासी कृष्णबहादुर मल्लले बताएका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव पुर्व मन्त्री जिवनबहादुर शाही नेपाली काँग्रेस जिल्ला पाटी कार्यालय र ताँजाकोट पालीका नेपाली काँग्रेस गाउ इकाइ समितिको पहलमा उक्त खाध्यन्न रोटरी कलवका सभापती वसन्ती शाहीको आर्थीक सहयोगमा वितरण शनिवार गरिएको हो ।

ताँजाकोट गाउँ पालिका वडा नं १ का बाढिपिडित ३३ घरपिरवार, वडा नं २ का ४२ घरपरिवार, वडा नं ३ का ६५ घरपरिवार, वडा नं ४ का ४० घरपरिवार र वडा नं ५ का ३९ घर परिवार गरी जम्मा २ सय १७ घरधुरीलाई उक्त खाध्यन्न प्रति घर परिवार १ कट्टाका दरले वितरण गरेको स्थानियवासी मल्लले बताएका छन् ।

घर जग्गा जमिन गत भाद्र २९ गतेको वाढी पहिरोले वगाएर लगेपछि पालमुनी वस्दै आएका वाढि पिडिहरुले उक्त खाध्यन्न पाउदा खुसी व्यक्त गरेको र आफुहरु लामो समय पालमुनी वस्दै आएकाले र अव जाडो वढ्दै गएकाले त्यसको केही व्यवस्था गरि दिन पनि ३ तहका सरकारलाई आग्रह गरेको स्थानियवासी तिलकबहादुर शाहीले बताएका छन् ।

राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस पाटी सचिव मोहन विक्रम सिह, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष धर्मराज जैसी, तिलक शाही अदानचुली गाउँ पालिका इकाइ सभापति शेरबहादुर वुढा लगाएतका नेपाली काँग्रेस नेता तथा कार्यकर्ताको उपस्थित रहेको मल्लले बताएका छन्

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९