राज शाही आइतबार, आश्विन १८, २०७७ मा प्रकाशित

हुम्ला

कोरोना कहरका बिच पठन पाठन संचालन भइ रहेको विद्यालय वन्द भएको छ । वन्द कोरोना भाइरसको त्रास र संक्रमणको डरले नभई विद्यालयमा रुघा खोकी मौसमी फुलु देखिए पछी एक हप्ताका लागी वन्द गरिएको हो ।

नेपाल अधिराज्य भरि गत चैत ११ गतेबाट शिक्षा क्षेत्र वन्द गरिए पनि हुम्ला जिल्लाको नाम्खा गाउँ पालिका वडा नं ६ मा स्थापित सुन खानी प्राथामिक विद्यालय हल्जीमा पठन पाठन भइरहेको थियो । जिल्लामा चिसो वढे संगै उक्त विधालयमा अध्यनरत २० जना बालबालीकामा मौसमी फुलु रुघा खोकी देखिए पछी वन्द गरिएको हो ।

कक्षा नरसरी देखि २ कक्षा सम्मका विद्यार्थीमा रुघा खोकी देखिए पछी विद्यालयमा पठन पाठन गराउन केही समस्या भएको र स्वास्थ्य चौकीमा उपचारका लागी विद्यालय वन्द गरिएको निजि श्रोतका शिक्षक छिरिङ निङडाक तामाङले बताएका छन् ।

जिल्लामा गर्मी मौसम जाँदै र जाडो मौसम सुरु भए संगै विरामीको चाप वढ्न थालेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोर भण्डारीले बताएका छन् ।

त्यसै गरी सोही गाउँ पालिकाको जाँग गाउँमा स्थापित भृकुटी प्राथामिक विद्यालयमा भने यो कोरोना कहरका बीचमा पनि पठन पाठन भइ रहेको संचारकर्मी राजन रावतले बताएका छन् । कक्षा १ देखि ५ कक्षा सम्म पठन पाठन हुने सो विद्यालयमा ७५ जना विद्यार्थी रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९