राज शाही आइतबार, आश्विन १८, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

कोरोना कहरका बिच पठन पाठन संचालन भइ रहेको विद्यालय वन्द भएको छ । वन्द कोरोना भाइरसको त्रास र संक्रमणको डरले नभई विद्यालयमा रुघा खोकी मौसमी फुलु देखिए पछी एक हप्ताका लागी वन्द गरिएको हो ।

नेपाल अधिराज्य भरि गत चैत ११ गतेबाट शिक्षा क्षेत्र वन्द गरिए पनि हुम्ला जिल्लाको नाम्खा गाउँ पालिका वडा नं ६ मा स्थापित सुन खानी प्राथामिक विद्यालय हल्जीमा पठन पाठन भइरहेको थियो । जिल्लामा चिसो वढे संगै उक्त विधालयमा अध्यनरत २० जना बालबालीकामा मौसमी फुलु रुघा खोकी देखिए पछी वन्द गरिएको हो ।

कक्षा नरसरी देखि २ कक्षा सम्मका विद्यार्थीमा रुघा खोकी देखिए पछी विद्यालयमा पठन पाठन गराउन केही समस्या भएको र स्वास्थ्य चौकीमा उपचारका लागी विद्यालय वन्द गरिएको निजि श्रोतका शिक्षक छिरिङ निङडाक तामाङले बताएका छन् ।

जिल्लामा गर्मी मौसम जाँदै र जाडो मौसम सुरु भए संगै विरामीको चाप वढ्न थालेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोर भण्डारीले बताएका छन् ।

त्यसै गरी सोही गाउँ पालिकाको जाँग गाउँमा स्थापित भृकुटी प्राथामिक विद्यालयमा भने यो कोरोना कहरका बीचमा पनि पठन पाठन भइ रहेको संचारकर्मी राजन रावतले बताएका छन् । कक्षा १ देखि ५ कक्षा सम्म पठन पाठन हुने सो विद्यालयमा ७५ जना विद्यार्थी रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९