राज शाही आइतबार, आश्विन १८, २०७७ मा प्रकाशित

हुम्ला

पुर्वमन्त्री जिवनबहादुर शाहीको टोली आज हल्जी गाउँ पुगेको छ । टोली आज नाम्खा गाउँ पालिका वडा नं ६ को जाँगबाट हल्जी गाउँमा गएको र उक्त टोली आज सोही गाउँमा वास वस्ने भएको छ ।

नेपाली काँग्रेसका केन्द्रि सदस्य समेत रहेका शाहीको टोलीले नेपाल र चीन विचको सिमा मिचिएको भनिएको लोलङजुङमा पुगी नेपाली सिमाको बारेमा स्थलगत अवलोकन छन् । १२ नं पिलरमा पुगी अवलोकन गर्दा मर्मत गरिएको र उक्त मर्मत कोले र कहिले गरेको भन्ने समेतको जानकारी जनप्रतिनिधि स्थानिय वासीलाई समेत थाहा नभएकाले उक्त पिलरका बारेमा शंक्का गर्ने ठाउँ रहेको नेता शाहीले बताएका छन् ।

पिलर चिनिया पक्षले एक तर्फीरुपमा निर्माण गरेकाले सोका बारेमा नेपाल सरकारलाई जानकारी भएको र सरकारको धारणाको प्रतिक्षामा रहेको हाम्रा सहकर्मी राजन रावतले सम्बन्धीत स्थबाट जनाकारी गराएका छन्  ।

१९ जना रहेको टोली सोमबार नाम्खा गाउँ पालिकाको वडा नं ६ तिल गाउँमा जाने र मंगलबार हिल्सा जाने कार्यक्रम रहेको सहकर्मी जनक शाहीले बताएका छन् ।

सहकर्मी शाहीका अनुसार संघ तथा प्रदेशबाट निर्माण भएका योजनाहरुको पनि कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता शाहीले अनुगमन  गरिरहेको बताएका छन् ।शाहीको टोलीमा नेपाली काँग्रेस जिल्ला सभापति जयपति रोकाया पुर्व संसद रिता शाही नाम्खा गाउँ पालिका उपाध्यक्ष पेमा तामाङ उपसभापति कैलास भण्डारी महिला संघ जिल्ला अध्यक्ष विजया वुढा लगाएतका नेता तथा कार्यकर्ता रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९