राज शाही शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

हुम्ला

सिमापास बनाउंदा जिल्ला प्रशासन कार्यालय हुम्लामा सेवाग्राहीको घुईचो देखिने सो कार्यालयमा यो वर्ष मानिसहरुको चहलपहलमा कमी देखिएको छ । हुम्लामा रोजगारीको अवसर नभएपछि गरीव निमुखा स्थानीयवासीहरु चीनको ताक्लाकोटमा गएर आर्थिक आयआर्जन गरेर घरपरिवारको लुगाफाटो फेर्ने काम गरेका भए पनि यो वर्ष भने उनिहरुलाई विहान वेलुका समेत हातमुख जोड्नका लागि समस्या भएको छ ।

कोरोना कहरका कारण नेपाल र चिनको नाका नखुल्दा मानिसहरु आवत जावत गर्न पाएका छैनन । हाल नेपाल सरकारले बाहिर देश आवतजावतका लागि भने कुनै किसिमका सिफारीसहरु दिने काम भने गरेको छैन् । सिमा बन्दका कारण गरीव जनताको हातमुख जोड्नमा समस्या भएको हो । यो पछिल्लो समय कोरोना भाईरस कोभिड १९ को असरले सिमा पास बनाउनेको संख्या शुन्य भएको छ ।

हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने हिल्सा नाका बन्द भएपछि हुम्लीको आयस्रोतमा संकट भएको छ । गत वर्ष यो समयमा २७ हजार ५ सय जना हुम्लीहरुले सिमापास बनाएको जिल्ला प्रशासन कार्यालय हुम्लाको स्रोतले बताएको छ भने यो वर्ष पासपोर्ट बनाउनेको संख्यामा शुन्य रहेको छ । हुम्लीहरु रोजगारको लागि चिनको ताक्लाकोटमा वर्षेनी हजारौं व्यक्तिहरुको प्रस्थान हुने गर्दथ्यो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९