राज शाही बुधबार, आश्विन १४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्ला जिल्लामा प्रजातान्त्रीक बिचार समाज गठन गरिएको छ । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, मानब अधिकार, मौलिक हक अधिकारको पुर्णरुपमा परिपालना गर्नका लागी उक्त विचार समाज गठन गरिएको हो ।

लोकतन्त्र, समाजबाद , कानुनी राज्य, जस्ता आधारभुत सवालमा बिगत 25 बर्ष देखि बिचार विमर्श वकालत गरि रहेको एक सामाजिक संस्था प्रजातान्त्रिक विचार समाज (Society for democratic thinking ) को हुम्ला जिल्ला कार्यसमिति गठन बिहिबार गरिएको हो ।  उक्त विचार समाज गठन भए संगै रचनात्मक सल्लाह, सुझावको अपेक्षा गरिएको सोहि समाजका जिल्ला अध्यक्ष राज बहादुर शाहीले बताएका छन् ।

आज गठित जिल्ला कार्य समितिमा राज बहादुर शाही अध्यक्ष, राज शाही उपाध्यक्ष, हिरा जैसी सचिव, निर्मला मल्ल हमाल कोषाध्यक्ष, शिवशर्मा पौड्याल सदस्य, लब्ली कुमार बस्नेत , काली बहादुर महतारा ,  पदम बहादुर लामा, बिनोद बुढा सदस्य रहेका छन् ।

विहिबार विहान एक कार्यक्रमको आयोजना गरी ९ सदस्यिय जिल्ला कार्य समिति गठन गरिएको हो । जिल्ला कार्यसमिति गठन भए संगै उक्त समाजको प्रतेक महिनाको अन्तीम शनिवार नियमित बैठक वस्ने समेतको निर्णय गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९