राज शाही बुधबार, आश्विन १४, २०७७ मा प्रकाशित

हुम्ला

हुम्ला जिल्लामा प्रजातान्त्रीक बिचार समाज गठन गरिएको छ । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, मानब अधिकार, मौलिक हक अधिकारको पुर्णरुपमा परिपालना गर्नका लागी उक्त विचार समाज गठन गरिएको हो ।

लोकतन्त्र, समाजबाद , कानुनी राज्य, जस्ता आधारभुत सवालमा बिगत 25 बर्ष देखि बिचार विमर्श वकालत गरि रहेको एक सामाजिक संस्था प्रजातान्त्रिक विचार समाज (Society for democratic thinking ) को हुम्ला जिल्ला कार्यसमिति गठन बिहिबार गरिएको हो ।  उक्त विचार समाज गठन भए संगै रचनात्मक सल्लाह, सुझावको अपेक्षा गरिएको सोहि समाजका जिल्ला अध्यक्ष राज बहादुर शाहीले बताएका छन् ।

आज गठित जिल्ला कार्य समितिमा राज बहादुर शाही अध्यक्ष, राज शाही उपाध्यक्ष, हिरा जैसी सचिव, निर्मला मल्ल हमाल कोषाध्यक्ष, शिवशर्मा पौड्याल सदस्य, लब्ली कुमार बस्नेत , काली बहादुर महतारा ,  पदम बहादुर लामा, बिनोद बुढा सदस्य रहेका छन् ।

विहिबार विहान एक कार्यक्रमको आयोजना गरी ९ सदस्यिय जिल्ला कार्य समिति गठन गरिएको हो । जिल्ला कार्यसमिति गठन भए संगै उक्त समाजको प्रतेक महिनाको अन्तीम शनिवार नियमित बैठक वस्ने समेतको निर्णय गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९