राज शाही मंगलबार, आश्विन १३, २०७७ मा प्रकाशित

हुम्ला

पुर्ब मन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाही नेपाल र चीनको बिबादित भनिएको भुमिको स्थलगत रुपमा अध्ययन लागि ललुङजोङ जाने भएका छन् । सरकारी टोरीले भनव वनेको क्षेत्र ललुङजोङ चिनीया भुमि पर्ने निष्कर्ष निकालेका बेला नेता शाही आफै स्थलगत रुपमा जान लागेका हुन ।

बुधवार सदरमुकाम सिमकोटबाट चिनीया पक्षले भवन बनाएको क्षेत्र ललुङजोङतर्फ जाने कर्णाली प्रदेश सभामा प्रतिपक्ष दलका नेता समेत रहेका शाहीले बताए । अहिले बाहिर आएको कुरा प्रति बिश्वास नलागेर स्थलगत रुपमा आफै जान लागेको उनले बताए ।

नेता शाही नेपाल र चीनको सिमाना १२ नम्बर पिलर सम्म जाने भएका छन् । ललुङजोङको स्थलगत अवलोकन मात्र होईन लिमीका जेष्ठ नागरिकसंग कुराकानी पनि गर्ने उनले बताए । उनको टोलीलाई ललुङजोङ पुग्न दुई देखि तीन दिन लाग्ने छ ।

केही समय अगाडी सो क्षेत्रको अनुगमन गरेर फर्केका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको टोलीले दुबै देशका नक्शा भिडाउदा चीनले भवन बनाएको क्षेत्र ललुङजोङ चिनीया भुमि भएको निष्कर्ष निकालेको भएपनि नाम्खा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दाले नेपालले उपभोग गर्दै आएको बताउदै आएका छन् ।

भवन बनेको क्षेत्र ललुङजोङ भन्दा डेढ किलो मिटर पर नेपालले २०६६ सालमा मेशिन लगाएर सडक निर्माण गरेको थियो । त्यतिखेर नेपाली भुभाग भनेर नेपाली निर्माण कम्पनीलाई काम गर्न दिने अहिले नक्शामा चीनले सो क्षेत्र आफ्नो भनेको कुरा प्रति नेता शाहीको असहमति रहदै आएको छ ।

सोही क्षेत्रमा यस अघि सोमवार संघीय सासद छक्क बहादुर लामा पनि गई सकेका छन्

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९