राज शाही सोमबार, आश्विन १२, २०७७ मा प्रकाशित

हुम्ला

हुम्ला जिल्लामा कार्तिके वाली भित्राउन किसानहरुलाई भ्याइ नभ्याइ भएको छ । फागुन चैत बैशाखमा लगाएतको वाली कोदो चिनो फापर लगाएतका कार्तिके वाली किसानहरु यति वेला भित्राउन थालेका छन् ।

वर्षको एक वाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्राउने वेला भएको हो । अशोज कार्तिकमा भित्राएको कार्तिके अन्नले हिउदका ६ महिना घर परिवारको हात मुख जोड्ने गरी छ । हिउद महिनामा जिल्लामा हिमपात हुने र जिल्लाका जमिनमा पुरै हिउले सेताम्बे हुने भएकाले आज भोली भण्डारण गरेको अन्नले हिउदे महिनाको खान खर्च गर्ने गरिन्छ ।

किसानहरु आज भोली विहान ४ वजे नै खेतवारीमा पुगी रातिको १० वजे सम्म काम गर्ने गरेको पाइएको छ । जिल्लामा चिसो वढेकाले समय मै अन्न नभित्राय तुसारोले वालीमा लागेको फल झारी दिने सुकाइ दिने भयले किसानहरु रात दिन नभनी कार्तिके वाली भित्राउन थालेका हुन ।

अन्न वाली संगै हिउदे मौसममा पशु चौपायाहरुको लागी पनि घाँस भण्डार गर्न थालीएको छ । मानिस संगै पशुको आहारा पनि भण्डारण गर्नु पर्दा किसानलाई कामको चटारो परेको हो ।

यो वर्ष हिउदमा हिउ ज्यादा परि खेतवारीमा भएको पात पतिङगर सडी गली राम्रो मल हुनुका साथै वर्षा मौसममा पनि समय समयमा पानी पर्दा अन्नवादी राम्रो भएको स्थानिय वासी लोग भण्डारीले बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९