राज शाही शनिबार, आश्विन १०, २०७७ मा प्रकाशित

हुम्ला

शनिवार बसेको सर्बपदलीय बैठकले नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रमा देखिएको सिमा बिबादलाई समाधान गर्न संघीय सरकारलाई सिमा सम्बन्धि बिज्ञ टोली हुम्ला पठाएर समाधान गर्न आग्रह गरेको छ । नेपालीले भोग चलन गरेको क्षेत्रमा चीनले भवन बनाएको भन्दै बैठकले स्थलगत रुपमा त्यसको अध्ययन गरि समस्या समधान गर्न आग्रह गरिएको हो ।

बैठकले ग्याक्पु दोसा यता  ललुङजोङमा वनाएका भवन बनाएको स्थान सिमा स्तम्भ १२ नम्बर नजिक रहेकोले सो कुरा स्पष्ट गर्नका लागि नेपाल सरकारलाई बिज्ञ टोली पठाएर बिबादलाई दिर्घकालीन समधान गर्न आग्रह गरेको छ ।

संघीय सासद छक्क बहादुर लामा र कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीको उपस्थितीमा बसेको बैठकले चीनले हाल भवन बनाएको क्षेत्र भन्दा डेढ किलो मिटर परबाट नेपाली पक्षले २०६६ सालमा मेशिन लगाएर सडक निर्माण गर्दा चिनीया पक्ष मौन बसेको, नाम्खा गाउँपालिका वडा नम्बर ४ र ६ का बासिन्दाहरुले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको, हुम्लावासी र चिनीया पक्षले ब्यापार गर्ने स्थान परेको, चिनीया पक्षले सो भुमिमा चरिचरन गरे बापत कर तिर्ने गरेको  जस्ता पक्षलाई लिएर सो क्षेत्र नेपाल कै हुनु पर्ने दावी हुम्लावासीको रहेको छ ।

यदि आफ्नो भुमिमा सडक निर्माण गर्दा नबोलेको चिनीया पक्षले अहिले आएर आफ्नो हो भन्नु नसुहाउने बताउदै नेता शाहीले सो भुमि चीनकै भए नेपाललाई क्षेतीपुर्ती दिनु पर्ने बताए । संघीय सासद लामाले प्रकृयागत रुपमा सिमा हेर्ने बिज्ञ टोली जिल्लामा ल्याउनका लागि पहल गर्ने बताए ।

बैठकमा नेकपाका केन्द्र्रीय सदस्य बीजय भण्डारी, काँग्रेस सभापति जयपति रोकाया, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य बिरजंग शाही लगाएको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९