राज शाही बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित

हुम्ला

१ करोडको लागतमा निर्माण भएका स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको उद्धघाटन गरिएको छ ।  उद्धघाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले गरेका हुन । बुधबार एक कार्यक्रमका विच पुर्व मन्त्री शाहीले रिवन काटी उद्धघाटन गरेको शाहीका सोकिय सचिव राजबहादुर रोकायाले बताएका छन् ।

वर्थिङ सेन्टरलाई आधुनिक ढंगको वर्थिङ सेन्टर बनाउन हामी सबैलाग्नु पर्ने र आफुले उक्त बर्थिङ सेन्टरको लागी जे जति गर्न सकिन्छ उक्त कार्य गर्न तयार रहेको  वर्थिङ सेन्टरको भवन बनाएर मात्र नहुने वर्थिङ सेन्टरका लागी चाहिने आवश्यक सामाग्रीको व्यवस्था हुनु पर्ने विशषज्ञ चिकित्सकको व्यवस्था समेत गर्न सकेमा खार्पुनाथ गाउँ पालिकाकै इज्जत प्रतिष्ठिहुने र बर्थिङ सेन्टरलाई नमुना योग्य बनाउनका लागी आफु लागी पर्ने पुर्व मन्त्री शाहीले प्रतिबद्धता व्यक्त गरेका छन ।

स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको निर्माणका लागी खार्पुनाथ गाउँ पालिकाको १ करोडको लागतमा टेन्डर आव्हान गरी ठेक्का पठ्ठाबाट निर्माण गरिएको थियो । निर्माण कार्य गुण स्तरिय हुनुका साथै खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वृद्ध असक्त अपाङ बालबालिकाले जनताको घर दैलो नजिकबाटै सम्पुर्ण स्वास्थ्य सेवाहरु सहज ढङगले पाउने अपक्षा गरिएको खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन् ।

खार्पुनाथ गाउँ पालिका वडा नं ४ का गाउँमा संघ प्रदेश निर्वाचन क्षेत्र विकास कोषको रकमबाट निर्माण भएको आरन घरको उद्धघाटन संगै अनुगमन समेत गरिएको छ । २० लाखको लागतमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ नल्ला गाउँमा आरन घर निर्माण गरिएको हो । त्यसै गरी सोही गाउँमा कृषि सिचाइ जनता आवास घरको पनि अनुगमन गरिएको सोकिय सचिव रोकायाले बताएका छन् ।

खार्पुनाथ गाउ पालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षता र प्रमुख आतिथ्य पुर्वमन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीको रहेको कार्यक्रममा खार्पुनाथ गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष भिमराज शाही सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा  खार्पुनाथ गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रविर शाही खार्पुनाथ गाउँ पालिका कर्मचारी महिला संघ जिल्ला अध्यक्ष विजया वुढा लगाएतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९