राज शाही बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

पहिलो पटक फौजदारी अपराधको संज्ञासहित मुलुकी अपराध संहिता विधेक पारित भएको थियो । मुलुकी ऐन २०२१ को शंसोधनका आधारमा चलेको नेपालको फौजदारी कानूनलाई आधुनिक र समयसापेक्ष बनाउन सो विधेक प्रस्तुत गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ३ मा छाउपढी प्रथा कोही कसैले चलाएमा कानूनी सजायको व्यवस्था गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ४ मा कसैले यस्तो कसुर गरेमा गर्नेलाई ३ महिना सम्म कैद वा ३ हजार रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । सोही संहिताको दफा १६८ को उपदफा ५ मा राष्ट्रसेवकले यस्तो कसुर गरेमा थप ३ महिना सम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

नेपालको संविधान २०७२ भाग ३ को धारा ३८ मा महिलाको हक अन्त्रगत उपधारा ३ मा महिला विरुद्ध धार्मिक सामाजिक सांस्कृतीक परम्परागत वा अन्य कुनै आधारमा शारिरीक मानसिक यौनजन्य मनोबैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । यदि त्यस्तो गरेको पाइएमा कानून बमोजिम दण्डनिय हुनेछ र पिडितलाई कानून बमोजिम क्षतीपुर्ती पाउने हक हुनेछ भनि उल्लेख गरिएको थियो ।

वि स २०६२।१।१९ मा सर्वोच्च अदालतले मासिकश्राव भएका महिलालाई छाउपढी गोठमा पठाउने प्रथा कुरीती भएको घोषणा गरी सरकारका नाममा आदेश जारी गरेपनि कसैले पालना नगरेको महिला अधिकार कर्मी तुलसी शाहीले बताएकि छन् ।

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९