राज शाही मंगलबार, आश्विन ०६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

दक्षिणी हुम्लाको अदानचुली गाउँपालिकामा एक जना बालिकामा औलो रोग भेटिएको छ । शंका लागेपछि स्वास्थ्यकर्मीहरुको टोली गाउँमा गएर सलाईट संकलन गरि ल्यापमा टेष्ट गर्दा औलो प्रमाणित भएको हो ।

मैला स्वास्थ्य चौकीका अहेब धनराज ढकालका अनुसार गाउँपालिकाको वडा नम्बर ४ को काउला ( डोक्प ) गाउँका असी जनाको आरडिटीबाट सलाईट संकलन गरि बाजुरा जिल्लाको कोल्टीमा रहेको ल्याबमा परिक्षण गर्दा औलो प्रमाणित भएको हो ।

औलो रोगको शंका लागेपछि स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर आडिटी संकलन गरि परिक्षण गर्दा १४ वर्षकी बालिका सुरक्षा कुवँरको सलाईटमा औलो देखिएको हो । दुई दिन ढिलो भएको भए बालिकालाई निक्कै जोखिम हुने स्वास्थ्यकर्मीले बताए । समयमै सलाईट संकलन गरेर परिक्षण गर्दा औलो प्रमाणित भएर उपचार भएपछि बालिकाको ज्यान बचेको हो ।

गत वर्ष औलो देखिएपछि महाशाखाबाट औषधी आएको र हाल सोही बचेको औषधीबाट बालिकाको उपचार गरिएको थियो । लामखुट्टेबाट सर्ने औलो रोग बिगतका दुई वर्षमा ताँजाकोटकै छ छ  वटा केश देखिएका थिए । स्वास्थ्यकर्मी ढकालले तर यसपालीको औलो फेल्सिप्रभर भएको र यो हुम्लामा पहिलो पटक देखिएको बताए । पहिलो पटक जिल्लामा देखिएपछि थप परिक्षणका लागि सो सलाईट चिकीत्सक मदन कोइरालाको समन्वयमा औलो रोग नियन्त्रण महाशाखा टेकुमा पठाईएको छ ।

कोरोना संक्रमण सुरु भएपछि भारतमा काम गर्न गएका मानिस गाउँमा फिर्ता आएका थिए । उनले उनीहरुबाटै सरेको हुन सक्ने बताए।  अब स्वास्थ्यकर्मीको टोलीले गाउपालिकाका अन्य वडाका गाउँमा आरडिटी किटबाट संकलन गर्ने तयारी गरि रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९