राज शाही मंगलबार, आश्विन ०६, २०७७ मा प्रकाशित

हुम्ला

दक्षिणी हुम्लाको अदानचुली गाउँपालिकामा एक जना बालिकामा औलो रोग भेटिएको छ । शंका लागेपछि स्वास्थ्यकर्मीहरुको टोली गाउँमा गएर सलाईट संकलन गरि ल्यापमा टेष्ट गर्दा औलो प्रमाणित भएको हो ।

मैला स्वास्थ्य चौकीका अहेब धनराज ढकालका अनुसार गाउँपालिकाको वडा नम्बर ४ को काउला ( डोक्प ) गाउँका असी जनाको आरडिटीबाट सलाईट संकलन गरि बाजुरा जिल्लाको कोल्टीमा रहेको ल्याबमा परिक्षण गर्दा औलो प्रमाणित भएको हो ।

औलो रोगको शंका लागेपछि स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर आडिटी संकलन गरि परिक्षण गर्दा १४ वर्षकी बालिका सुरक्षा कुवँरको सलाईटमा औलो देखिएको हो । दुई दिन ढिलो भएको भए बालिकालाई निक्कै जोखिम हुने स्वास्थ्यकर्मीले बताए । समयमै सलाईट संकलन गरेर परिक्षण गर्दा औलो प्रमाणित भएर उपचार भएपछि बालिकाको ज्यान बचेको हो ।

गत वर्ष औलो देखिएपछि महाशाखाबाट औषधी आएको र हाल सोही बचेको औषधीबाट बालिकाको उपचार गरिएको थियो । लामखुट्टेबाट सर्ने औलो रोग बिगतका दुई वर्षमा ताँजाकोटकै छ छ  वटा केश देखिएका थिए । स्वास्थ्यकर्मी ढकालले तर यसपालीको औलो फेल्सिप्रभर भएको र यो हुम्लामा पहिलो पटक देखिएको बताए । पहिलो पटक जिल्लामा देखिएपछि थप परिक्षणका लागि सो सलाईट चिकीत्सक मदन कोइरालाको समन्वयमा औलो रोग नियन्त्रण महाशाखा टेकुमा पठाईएको छ ।

कोरोना संक्रमण सुरु भएपछि भारतमा काम गर्न गएका मानिस गाउँमा फिर्ता आएका थिए । उनले उनीहरुबाटै सरेको हुन सक्ने बताए।  अब स्वास्थ्यकर्मीको टोलीले गाउपालिकाका अन्य वडाका गाउँमा आरडिटी किटबाट संकलन गर्ने तयारी गरि रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९