राज शाही सोमबार, आश्विन ०५, २०७७ मा प्रकाशित

हुम्ला

बाढी पहिरो पिडित १३ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । सामाग्री अदानचुली गाउँ पालिका वडा नं ५ करकाइ गाउँका बाढि पिडितलाई वितरण गरिएको हो । सामाग्रि नेपाल रेटक्रस सो साइटी जिल्ला शाखा हुम्लाले वितरण गरेको हो ।

वितरण गरिएका सामाग्रीमा प्रति व्यक्ति १।१ वटा पाल, भानसाका १ सेट भाँडा बर्तन, २ मिटर कपालमा बाध्ने कपडा, २ वटा कम्बल, २ मिटर लुङगी, २ मिटर डोरी, एक वटा बाल्टी लगाएतका सामाग्रीहरु वितरण गरिएको जिल्ला रेटक्रस सोसाइटीका कार्यालय सहायक छिरिङ पाल्दन लामाले बताएका छन् ।

सामाग्री पाउनेमा हुम्ला जिल्ला अदानचुली गाउँ पालिका वडा नं ५ का शर्पजित शाही, धनराज शाही, गंगबहादुर शाही, धनबहादुर छत्याल, रङगविर छत्याल, सुरेन्द्र छत्याल, भेलबहादुर शाही, धनलाल शाही, छत्त शाही, बिजौरा शाही, बले शाही र जिम्बा फडेरा रहेका छन् ।

गत साउन भदौमा परेको अविरल वर्षाले घर तथा बालि लगाएको खेतवारी बगाएका व्यक्तीहरु मध्यबाट सबै भन्दा वढी पिडितलाई उक्त सामाग्री नेपाल रेटक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले सोमबार वितरण गरेको लामाले बताउका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९