राज शाही सोमबार, आश्विन ०५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

बाढी पहिरो पिडित १३ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । सामाग्री अदानचुली गाउँ पालिका वडा नं ५ करकाइ गाउँका बाढि पिडितलाई वितरण गरिएको हो । सामाग्रि नेपाल रेटक्रस सो साइटी जिल्ला शाखा हुम्लाले वितरण गरेको हो ।

वितरण गरिएका सामाग्रीमा प्रति व्यक्ति १।१ वटा पाल, भानसाका १ सेट भाँडा बर्तन, २ मिटर कपालमा बाध्ने कपडा, २ वटा कम्बल, २ मिटर लुङगी, २ मिटर डोरी, एक वटा बाल्टी लगाएतका सामाग्रीहरु वितरण गरिएको जिल्ला रेटक्रस सोसाइटीका कार्यालय सहायक छिरिङ पाल्दन लामाले बताएका छन् ।

सामाग्री पाउनेमा हुम्ला जिल्ला अदानचुली गाउँ पालिका वडा नं ५ का शर्पजित शाही, धनराज शाही, गंगबहादुर शाही, धनबहादुर छत्याल, रङगविर छत्याल, सुरेन्द्र छत्याल, भेलबहादुर शाही, धनलाल शाही, छत्त शाही, बिजौरा शाही, बले शाही र जिम्बा फडेरा रहेका छन् ।

गत साउन भदौमा परेको अविरल वर्षाले घर तथा बालि लगाएको खेतवारी बगाएका व्यक्तीहरु मध्यबाट सबै भन्दा वढी पिडितलाई उक्त सामाग्री नेपाल रेटक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले सोमबार वितरण गरेको लामाले बताउका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९