राज शाही आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित

हुम्ला

शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केघाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टी भएपछि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको हो ।

सुक्रबार कोहरलपुर ल्यावमा संकलन गरिएको स्वावको नजिता पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वस्थ्य अधिकृत नरेशवावु श्रेष्ठले जानकारी दिए ।लामो समय कोरोना संक्रमितको संख्या सुन्यमा रहेर ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

“हवाई मार्गबाट हुम्ला आउने प्रयोजनका लागि संकलन गरिएको स्वावको कोहलपुरमा गरिएको परिक्षणको नजिता पोजेटिभ आएको हो,” “आज (आइतबार) बिहान आएको रिर्पोट पोजेटिभ देखिएको हो ।”रिर्पोट आउने बित्तिकै सम्बन्धित महिलाको मोवाइलमा नतिजा म्याजेस गरेको बताएका श्रेष्ठले जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लामार्फत सर्तकता अपनाउन आफूले खबर गरेको जानकारी दिए ।

शनिबार विमानबाट १२ जना अन्य यात्रुसहित हुम्ला आएकी उक्त महिला एक वास सिमकोटमा बसेर आज (आइतबार) बिहान माउण्टेन्ट एयरको हेलिकोप्टरमार्फत अन्य चार जना यात्रुसहित सर्केघाड गाउँपालिका गएको बुझीएको छ ।

उक्त महिलामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा उच्च सर्तकता अपनाउने अहिले जिल्ला कोभिड व्यवस्थापन केन्द्र बैठक बसिरहेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए ।

 

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९