राज शाही शनिबार, आश्विन ०३, २०७७ मा प्रकाशित

हुम्ला

छिमेकी राष्ट्र चीनसंगको सिमा स्तम्भको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्युक्त सुरक्षा टोली नाम्खा गाउँपालिकाको लाप्चातर्फ लागेको छ । ११ नम्बर सिमा स्तम्भ हराएको र अन्य स्तम्भको अबस्थाका बारेमा बुझ्न र अनुगमन गर्न टोली त्यसतर्फ लागेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा तीस सदस्यीय टोली चीनसंगको सिमाना लाप्चा क्षेत्रका सिमा स्तम्भको स्थलगत अनुगमन गर्न लागेको बताएका छन । उनले प्रजिअको टोलीले चिनीया पक्षसंग छलफल गर्ने गरि त्यसतर्फ लागेको हो ।

यसअघि सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल सो क्षेत्र जाँदा तयार गरि पेश गरेको प्रतिबदनका आधार गृहमनत्रालयले टोलीलाई स्थलगत रुपमा गएर बुझ्न निर्देशन दिएपछि त्यता गएको बताएका छन ।

टोलीले हराएको ११ नम्बरको सिमा स्तम्भको खोजी र चिनीया पक्षसंग लाप्चा मै बार्ता गर्ने भएको छ । यसअघि यसरी सरकारी टोली ताक्लाकोटमा सिमा सुरक्षाका बारेमा छलफल गरेपनि लाप्चामा गएर सिमा स्तम्भहरुको अनुगमन गरेको थिएन ।

अर्को कुरा लाप्चाको सिमा क्षेत्रमा चिनीया पक्षले भवन बनाएको कुरामा बारेमा पनि बास्तबिकता बुझ्ने प्रमुख जिल्ला अधिकारी गिरीले बताउदै सिमानामा देखिएका समस्या सबै दुई पक्षीय छलफलबाट समधान गरिने बताएका छन् ।

लिमी लाप्चा जाँदा बाटोमा पर्ने उच्च न्यालु लेखको भेदमा रहेको हिमताल

टोलीले दुई देशको सिमाना लाप्चा क्षेत्रमा रहेका सबै सिमा स्तम्भको अबस्थाका बारेमा अनुगमन गर्ने भएको छ । टोलीमा नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु लामा, नयाँ भैरबी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरी नायव निरीक्षक मोहन बस्ने, राष्ट्रिय अनुसन्धानका डिएस्पी संजिब चौधरीको सहभागिता रहेको छ । साथमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाइएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९