राज शाही शनिबार, आश्विन ०३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

छिमेकी राष्ट्र चीनसंगको सिमा स्तम्भको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्युक्त सुरक्षा टोली नाम्खा गाउँपालिकाको लाप्चातर्फ लागेको छ । ११ नम्बर सिमा स्तम्भ हराएको र अन्य स्तम्भको अबस्थाका बारेमा बुझ्न र अनुगमन गर्न टोली त्यसतर्फ लागेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा तीस सदस्यीय टोली चीनसंगको सिमाना लाप्चा क्षेत्रका सिमा स्तम्भको स्थलगत अनुगमन गर्न लागेको बताएका छन । उनले प्रजिअको टोलीले चिनीया पक्षसंग छलफल गर्ने गरि त्यसतर्फ लागेको हो ।

यसअघि सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल सो क्षेत्र जाँदा तयार गरि पेश गरेको प्रतिबदनका आधार गृहमनत्रालयले टोलीलाई स्थलगत रुपमा गएर बुझ्न निर्देशन दिएपछि त्यता गएको बताएका छन ।

टोलीले हराएको ११ नम्बरको सिमा स्तम्भको खोजी र चिनीया पक्षसंग लाप्चा मै बार्ता गर्ने भएको छ । यसअघि यसरी सरकारी टोली ताक्लाकोटमा सिमा सुरक्षाका बारेमा छलफल गरेपनि लाप्चामा गएर सिमा स्तम्भहरुको अनुगमन गरेको थिएन ।

अर्को कुरा लाप्चाको सिमा क्षेत्रमा चिनीया पक्षले भवन बनाएको कुरामा बारेमा पनि बास्तबिकता बुझ्ने प्रमुख जिल्ला अधिकारी गिरीले बताउदै सिमानामा देखिएका समस्या सबै दुई पक्षीय छलफलबाट समधान गरिने बताएका छन् ।

लिमी लाप्चा जाँदा बाटोमा पर्ने उच्च न्यालु लेखको भेदमा रहेको हिमताल

टोलीले दुई देशको सिमाना लाप्चा क्षेत्रमा रहेका सबै सिमा स्तम्भको अबस्थाका बारेमा अनुगमन गर्ने भएको छ । टोलीमा नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु लामा, नयाँ भैरबी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरी नायव निरीक्षक मोहन बस्ने, राष्ट्रिय अनुसन्धानका डिएस्पी संजिब चौधरीको सहभागिता रहेको छ । साथमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाइएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९