राज शाही शुक्रबार, आश्विन ०२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

सिमकोट गाउँ पालिका वडा नं ३ का बिकासे योजनाहरुको अनुगमन संगै उत्घाटन गरिएको छ । अनुगमन पुर्व मन्त्री एव कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले सुक्रबार गरेका हुन ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य शाहीको पहलमा सिमकोट गाउँ पालिका वडा नं ३ को तोर्पा लिमाटाङमा २० ।२० लाख ढल निर्माणको बजेट प्राप्त भइ उक्त ढलहरुको निर्माण कार्य पुरा भएकाले आज सो ढलको पनि उत्घाटन गरिएको शाहीका स्वगिय सचिव राजबहादुर रोकायाले बताएका छन् ।

हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं ख को सांसद विकास कोषको रकमबाट उक्त ढलहरु निर्माण गरिएको थियो । उक्त ढल संगै सिमकोट गाउँ पालिका वडा नं ३ मा भएका विकासे गतिविधिको पनि अनुगमन गरिएको हो ।

पुर्व मन्त्री शाही गाउँ घरमा पुगे संगै सिमकोट गाउँ पालिका वडा नं ३ तोर्पा हुटिक लिमाटाङ र वरगाउँका स्थानियवासीले बाजागाजा सहित शाहीलाई दोसल्ला ओडाइ भव्यरुपमा स्वागत गरेको हाम्रा सहकर्मी छपाल लामाले सम्बन्धीत स्थलबाट जानकारी गराएकी छन् ।

त्यसै गरि सिमकोट गाउँ पालिका वडा नं ३ नेपाली काँग्रेस गाउँ इकाइ सभापति इन्द्रबहादुर लामाको अध्यक्षता र नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी जनताको घर दैलो भेटघाट कार्यक्रम पनि गरेको सहकर्मी लामाले बताएकी छन् । शाही आज सिमकोट गाउँ पालिकाको वडा नं ३ वरगाउँमा बस्ने खवर प्राप्त भएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९