राज शाही शुक्रबार, आश्विन ०२, २०७७ मा प्रकाशित

हुम्ला

सिमकोट गाउँ पालिका वडा नं ३ का बिकासे योजनाहरुको अनुगमन संगै उत्घाटन गरिएको छ । अनुगमन पुर्व मन्त्री एव कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले सुक्रबार गरेका हुन ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य शाहीको पहलमा सिमकोट गाउँ पालिका वडा नं ३ को तोर्पा लिमाटाङमा २० ।२० लाख ढल निर्माणको बजेट प्राप्त भइ उक्त ढलहरुको निर्माण कार्य पुरा भएकाले आज सो ढलको पनि उत्घाटन गरिएको शाहीका स्वगिय सचिव राजबहादुर रोकायाले बताएका छन् ।

हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं ख को सांसद विकास कोषको रकमबाट उक्त ढलहरु निर्माण गरिएको थियो । उक्त ढल संगै सिमकोट गाउँ पालिका वडा नं ३ मा भएका विकासे गतिविधिको पनि अनुगमन गरिएको हो ।

पुर्व मन्त्री शाही गाउँ घरमा पुगे संगै सिमकोट गाउँ पालिका वडा नं ३ तोर्पा हुटिक लिमाटाङ र वरगाउँका स्थानियवासीले बाजागाजा सहित शाहीलाई दोसल्ला ओडाइ भव्यरुपमा स्वागत गरेको हाम्रा सहकर्मी छपाल लामाले सम्बन्धीत स्थलबाट जानकारी गराएकी छन् ।

त्यसै गरि सिमकोट गाउँ पालिका वडा नं ३ नेपाली काँग्रेस गाउँ इकाइ सभापति इन्द्रबहादुर लामाको अध्यक्षता र नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी जनताको घर दैलो भेटघाट कार्यक्रम पनि गरेको सहकर्मी लामाले बताएकी छन् । शाही आज सिमकोट गाउँ पालिकाको वडा नं ३ वरगाउँमा बस्ने खवर प्राप्त भएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९