दाने बोहरा मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्ला जिल्लाको सर्केगाड गाउँपलिका–४ दुल्ली गाउँकी २४ वर्षीया शान्ति थापाको रहस्यमय मृत्यु भएको भन्दै आफन्त र स्थानीय महिलाले विरोध जनाएका छन् । उनीहरूले सोमबार र मंगलबार जिल्ला प्रशासन अगाडि प्रर्दशन गरेका छन् ।

शान्तिलाई श्रीमान जुनराज थापाले वैशाख २५ गते राति श्रीमतिको गरेको आरोप माइती पक्षले लगाएका छन् । वैशाख २६ गते बिहान शान्तिको मृत्यु भएको खबर सार्वजनिक भएपनि माइती पक्षले भने २५ गते नै मृत्यु गरिएको आरोप लगाएको छ ।

माइती पक्षले २८ गते पतिको नाममा किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले मुद्धा दायर गर्न नमानेको मृतककी आमा भ्याल्ली भण्डाररीले बताइन् । उनले भनिन्,‘प्रहरीले दवावका भरमा उजूरी लिन इन्कार गर्यो ।’

शान्तिको मृत्युको सत्य/तथ्य बाहिर नआएपछि माइती पक्षले उजूरी लिन र वास्तविकता बाहिर ल्याउन प्रहरी समक्ष माग राखेको छ ।  प्रहरीले मुद्धा दर्ता गर्न नमानेपछि माइती पक्षले जिल्ला प्रहरी कार्यालयको गेटमा वैशाख २९ र ३० गते धर्ना दिएका छन्  ।

सर्केगाड गाउँपालिकाबाट दुइ दिन लगाएर मृतक थापाको लास सिमकोट आइपुगे पनि पोष्टमार्टम हुन सकिरहेको छैन । माइती पक्षले दोषी पत्ता नलाएसम्म पोष्टमार्टम गर्न नदिने अडान लिएको छ ।

माइती पक्ष अनुसारका यदि मुद्धा दायर नहुने हो भने लासलाई पनि नबुझ्ने र पोष्टमार्टम पनि गर्न नदिने अडन छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्ती मगरका अनुसार शान्तिको हत्या श्रीमानले गरेको भन्ने अनुसन्धानमा नपाइएकाले किटानी मुद्धा दर्ता गर्न अप्ठेरो परेको छ । थप अनुसन्धान गरेरमात्र किटानी उजूरी दर्ता हुने उनले बताए ।

दोषीलाई कारवाहीको माग गर्दै दुई देखि महिला विरोध प्रदशनमा ।
तस्विर : दाने बोहरा

सुरक्षाकर्मीले अगाडी बड्न नदिएपछि दिनभर धर्नामा
तस्विर : दाने बोहरा

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९