राज शाही बुधबार, भाद्र ३१, २०७७ मा प्रकाशित

हुम्ला

चीनसंगको नाका ताकु लेकमा यसपाली द्धिपक्षीय ब्यापार ब्यबसाय सञ्चालन हुन सकेन । कोरोना संक्रमणको कारण चिनीया सुरक्षाकर्मीले चीनका ब्यापारीलाई सिमानामा आउन नदिएपछि ब्यापार हुन नसकेको हो । हुम्लाका ब्यापारी देखि स्थानीय सबैले नेपाल र चीनको नाका सिमकोट गाउँपालिका वडा नम्बर १ को ताकु लेकमा कुनै पनि ब्यापार ब्यबसाय हुन नसकेको स्थानीय छिमी लामाले बताए ।

सो नाकाबाट खाद्यान्न, ऊन, लत्ता कपडा, च्याङ्ग्रा लगाएतका बस्तुको ब्यापार हुने गथ्र्यो ।  तर यसपाली कोरोना त्रासको कारण सिमानामा रहेको चिनीया सुरक्षाकर्मीले चिनीया ब्यापारीलाई आउन नदिए पछि ब्यापार हुन नसकेको हो ।

ताकु लेकमा दुई देशका ब्यापारीबिच दश करोड भन्दा बढीको ब्यापार वर्षेनी हुने गरेको बताउदै अर्का स्थानीय नरेन्द्र लामाले यसपाली भने सुनसान रहेको बताए । नाका बन्द भएपछि धेरैको ब्यापार ब्यबसाय सुकेको छ ।

चुवा खोला क्षेत्रका खर्कमा बस्ने खर्कालाहरुले पनि रासन पानी सबै उतैको ब्यापारबाट ल्याएर प्रयोग गर्ने गरेको भएपनि यसपाली उक्त क्षेत्रमा ब्यापार नहुदा घरबाटै लिएर चलाएका छन् । नाका नखुले पछि ब्यापारी पनि कोही पनि सो क्षेत्रमा नपुगेको बताउदै लामाले यतिबेला चहल पहल निक्कै हुने सयम भएपनि खर्काला बाहेक कोही नभएको बताएका छन्  ।

सिमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीय तथा ब्यापारीले स्याउ, घ्यु, उवाको सातु जस्ता सामान बिक्री गर्न पाएका छैन् । चुवाखोलामा चीनबाट आउने च्याङ्ग्रा मोटा र ठुलो हुने भएको कारण दशैमा घरघरमा ती च्याङ्ग्रा बिक्री हुन्थ्ये । तर यसवर्ष एउटा च्याङ्ग्रा पनि भित्रिन पाएका छैनन् । सिमानामा चिनीया र नेपालीले पाल टाँगेर ब्यापार गर्ने गर्थे। तर यस वर्ष कोरोनाको कारण  ती पाटनमा एउटा पनि पाल टाँगिएन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९